५ दिनपछि बजारमा आउँदै केटीएम ड्युक ७९०, कति पर्ला मूल्य

केटीएमले नेकेट स्ट्रिट फाइटर बाइक ड्युक ७९० सेप्टेम्बर २३ मा सार्बजनिक गर्ने तयारी गरिरहेको छ । पावरफुल इन्जिन सहित भारतीय बजारमा भित्रीने यो मोटरसाइकलको मूल्य करिब ८ लाख ५० हजार भारु निर्धारण गर्ने अनुमान गरिएको छ । यदि यो मोटरसाइकल नेपाली बजारमा आउने हो भने यसको मूल्य ३० लाख रुपैयाँ हाराहारीमा पर्नेछ ।

केटीएम ७९० को फ्रन्टमा ४३ मिलिमिटरको अपसाइड डाउन फर्क र रियरमा प्रि–लोड एडजसटेबल मनोशक लगाइएको छ । यस्तै फ्रन्टमा ट्वीन डिस्क ब्रेक र रियरमा सिंगल डिस्क ब्रेक लगाइएको छ ।

यसमा ७९९ सीसी, लिक्वीड कुल्ड एलसी ८ सि प्यारालल ट्वीन मोटर लगाइएको छ । यसले ९ हजार आरपीएमममा १०५ पीएस पावरका साथै ८ हजार आरपीएममा ८६ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ६ स्पीड गियरबक्स लगाइएको छ । बाइकलाई चालकले बिभिन्न चार मोड स्पोर्ट, स्ट्रिट, रेन र ट्राकमा चलाउन सक्ने छन् । 

मोटरसाइकलमा एबीएस, ट्राक्सन कन्ट्रोल, एबीएस, ह्वील कन्ट्रोल लगायतका विशेषता दिइएको कम्पनीले जनाएको छ ।

नेपाली बजारमा ४०० सीसी भन्दा माथिको मोटरसाइकलमा अत्यन्तै धेरै कर लगाइएकाले यो मोटरसाइकल नेपाली बजारमा आउँछ वा आउँदैन अहिल्यै भन्न सक्ने अवस्था छैन ।


Back_to_top