पल्सर 220F र NS 200 कुन किन्ने ? यस्तो छ भिन्नता र मूल्य

काठमाडौं । बजाज मोटरसाइकल नेपाली बजारमा चर्चित नाम हो । कम्पनीले मोटरसाइकल सेग्मेन्टमा आफ्नो अलगै नाम बनाएको छ । त्यसमा पनि पल्सर सिरिज नेपाली सडकमा सर्वाधिक गुड्ने र बिक्री हुने सिरिजमा पर्छ ।

नेपाली बजारमा प्रबेश गरेको करिब १७ पुरा भएको बजाजका सर्वाधिक सफल मध्यका दुई मोडल पल्सर २२० एफ र पल्सर एनएस २०० मा के कस्ता फरक रहेका छन् । त्यस विषयमा जानकारी दिने प्रयास हामीले गरेका छौं ।

विगत १३ वर्षदेखि नेपाली बजारमा पल्सर २२० एफको बिक्री वितरण हुँदै आएको छ भने विगत १० वर्षदेखि पल्सर एनएस २०० ले बजारमा आफ्नो छाप छाड्दै आएको छ ।

यस्तोमा पल्सरको यी दुई मस्कुल मोटरसाइकलको फिचर, विशेषता, मूल्यलगायत विषयमा जानकारी दिने हामीले प्रयास गरेका छौं ।

क्षमता

पल्सर २२० एफमा २२० सीसी क्षमताको ४ स्टोक, आयल कूल्ड ट्वीन स्पार्क इन्जिन दिइएको छ । उक्त इनिजनले ८५०० आरपीएममा २०.९३ पीएस पावर र ७००० आरपीएममा १८.५५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड गियरबक्स दिइएको छ ।

बजाज पल्सर एनएस २०० मा १९९.५ सीसी क्षमताको सिंगल सिलिण्डर, ४ स्टोक, एसओएचसी ४ भल्भ, लिक्विड कूल्ड, ट्रिपल स्पार्क इन्जिन दिइएको छ । उक्त इन्जिनले ९५०० आरपीएममा २३ पीएस पावर र ८००० आरपीएममा १८.३ एनएम टर्क जेनेरेट गर्छ । यसमा भने ६ स्पीड गियरबक्स दिइएको छ ।

सस्पेन्सन

पल्सर २२० एफ र पल्सर एनएस २०० दुबै मोटरसाइकलको अगाडिमा एन्टी–फिक्सन बुसको साथ टेलिस्कोपिक फर्क दिएको छ भने पछाडि ५ वे एड्जस्टेवल नाइट्रक्स सक एब्जर्बर दिइएको छ ।

ब्रेकिङ

बजाजले पल्सर २२० एफको अगाडि चक्कामा २६० एमएमको डिस्क ब्रेक दिएको छ भने पछाडि २३० एमएमको डिस्क ब्रेक दिएको छ । यसमा एबीएस दिने काम अन्तिम चरणमा रहेको बताइएको छ ।

पल्सर एनएस २०० को अगाडि चक्कामा ३०० एमएम र पछाडि चक्कामा २३० एमएमको डिस्क ब्रेक दिइएको छ । यसमा कम्पनीले डबल च्यानल एबीएस प्रदान गरेको छ ।

डायमेन्सन

पल्सर २२० एफको लम्बाई २०३५, चौडाई ७५० र उचाई ११६५ एमएम रहेको छ । यसमा १३५० एमएमको ह्वीलवेस दिइएको छ भने १६५ एमएमको ग्राउन्ड क्लियरेन्स र १५० केजी कुल तौल रहेको छ ।

एनएस २०० को लम्बाई २०१७ चौडाई ८०४ र उचाई १०७५ एमएम रहेको छ । यसमा १३६३ एमएमको ह्वीलवेस दिइएको छ भने ग्राउन्ड क्लियरेन्स १६९ एमएमको दिइएको छ । यस मोटरसाइकलको कुल तौल १४५ केजी रहेको छ ।

मूल्य

मूल्यका हिसावले पल्सर २२० एफको नेपाली बजारमा ३ लाख १४ हजार ९०० रुपैयाँ तोकिएको छ भने, पल्सर एनएस २०० को मूल्य ३ लाख ३४ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर एनएस २०० नन् एबीएस भर्सनको मूल्य भने ३ लाख १९ हजार ९०० रुपैयाँ तोकिएको छ । 


Back_to_top