अनमोल केसीको रोजाइमा जीप कम्पास, योसँगै बिक्री संख्या २५० पुगेको कम्पनीको दाबी

काठमाडौं । युवा अभिनेता अनमोल केसीले जीप किनेका छन् । लक्ष्मी पूजाका दिन आफ्ना बुबा तथा नेपाली चलचित्र जगतका वरिष्ठ अभिनेता सुपरस्टार भुवन केसीसँग आएका अनमोलले एमएडब्लु ग्रुप अफ कम्पनिजका प्रबन्ध निर्देशक विष्णुकुमार अग्रवालको हातबाट सेतो रंगको जीप कम्पास डेलिभरी लिएका हुन् ।

नेपालमा सार्वजनिक भएको एक वर्षमै जिप कम्पासले आफूलाई स्थापित गर्दै  यो अवधिमा नेपालका लागि जीपको आधिकारिक विक्रेता लाइफ अटोमोबाइलले दुई सय ५० भन्दा बढी युनिट जीप कम्पास विक्री गरिसकेको जनाएको छ । 

‘खासमा जिप ब्रान्डकै कारण मैले जिप कम्पासलाई आफ्नो यात्राको साथीका रुपमा रोजेको हुँ । यो एसयूभी नेपाली सडकको अवस्थामा ‘फिट’ छ । म जिप कम्पासको कठोरता, क्षमता र ‘म्यान्ली अपियरेन्स’बाट निकै प्रभावित छु,’ गाडीको डेलिभरी लिँदै अनमोल केसीले भने ।

‘ए मेरो हजुर ३’ को सुटिङको बेलादेखि नै अनमोललाई जीप कम्पास मन परेको थियो । यो चलचित्रमा कम्पासको सिन राखिएको थियो । ‘अब आफ्नै जीप कम्पास चढ्ने मेरो इच्छा पूरा भएको छ,’ उनले भने । 

गाडीको डेलिभरीसँगै जीप नेपालले अनमोल केसीको सम्मानमा उनकै चलचित्रको गीतमा ‘फ्ल्यास मोब’ डान्स गरिएको थियो । 

यस्तो छ जीप कम्पास

जीप कम्पास पेट्रोल र डिजेल दुवै इन्जिनमा उपलब्ध छ । डिजेल भर्सन २.० लिटर मल्टिजेट टर्बोचार्ज्ड इन्जिनमा उपलब्ध छ । जसले अधिकतम १७० बीएच पावर र ३५० एनएम टर्क उत्पन्न गर्छ । यसमा ६ स्पीड म्यानुअल ट्रान्समिसन जडान गरिएको हुन्छ । 

त्यसैगरी, पेट्रोल भर्सनमा १.४ लिटर टर्बो युनिट रहेको छ जसले १६० बीएच बराबरको अधिकतम पावर र २५० एनएमको अधिकतम टर्क उत्पन्न गर्छ । पेट्रोलमा पनि ६ स्पीड म्यानुअल र ७ स्पीड ट्विन क्लच अटोमेटिक ट्रान्समिसन दिइएको छ । 

जीप कम्पास ट्रेलहकमा पनि

जीप कम्पास स्पोर्ट, लंगिच्युड, लिमिटेड र ट्रेलहक ट्रिममा उपलब्ध छ । पहिलो पटक डिजेल अटोमेटिक इन्जिन लगाइएको ट्रेलहक भेरियन्ट गएको नाडा अटो शोमा सार्वजनिक गरिएको थियो । यसमा २.० लिटरको टर्बोचार्ज्ड डिजेल इन्जिन लगाइएको छ । जसले १७० बीएच पावर र ३५० एनएम टर्क उत्पन्न गर्न सक्छ । 

कम्पास ट्रेलहकमा ९ स्पीड अटोमेटिक ट्रान्समिसन र जीप एक्टिभ ड्राइभ ४ बाई ४ लो जडान गरिएको छ । यसमा अटो, स्नो, मड र स्यान्ड मोडबाहेक रक मोड थपिएको छ । जसले गर्दा कठोर भूगोलमा पनि सजिलैसँग यात्रा गर्न सक्छ । 

नेपालमा जिप कम्पासको मूल्य ७३ लाख ९० हजार रुपैयाँदेखि एक करोड २४ लाख ९० हजार रुपैयाँसम्म पर्छ । 


Back_to_top