हिरोले केही समयअघि इटलीको मिलानमा आयोजना भएको इक्मा मोटरसाइकल शो २०१९मा सार्वजनिक गरेको मोटरसाइकल ‘एक्स्ट्रीम १ आर’ अहिले चर्चाको शिखरमा रहेको छ । मासिक औषत ८ लाखभन्दा बढी मोटरसाइकल बिक्री गर्ने हिरो विश्वकै सबैभन्दा ठूलो मोटरसाइकल उत्पादक मध्येको एक कम्पनी हो ।
त्यस्तोमा कम्यूटर सेग्मेन्टमा आफ्नो दबदबा कायम गरेको कम्पनीले ल्याएको पावर फुल र मस्कुल मोटरसाईकलको कन्सेप्टका कारण अहिले धेरै चर्चा चुलिएको हो । कम्पनीले ल्याएको नयाँ कन्सेप्टमा देखिएका ३ मुख्य विशेषता यस्ता रहेका छन् ।
१. आक्रमक डिजाइन
कम्पनीले हिरो एक्स्ट्रीम १ आरको डिजाइन निकै आक्रमक बनाएको छ । रेजर सार्प स्टाइलमा आएको यो कन्सेप्ट मोटरसाइकलमा एलइडी हेडल्याम्प, डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, मस्कुलर फियुल ट्याङ्क, सिंगल सिट जस्ता विशेषता प्रदान गरिएको छ । यसमा दिइएको एग्जस्टपनि निकै आकर्षक रहेको छ ।
२. सस्पेन्सन र ब्रेक
आरामदायी र सुरक्षीत यात्राको लागि कुनैपनि मोटरसाइकलमा यी फिचरले निकै महत्वपूर्ण असर पार्छ । हिरोले पनि आफ्नो एक्स्ट्रीम १ आरको कन्सेप्टलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखेको छैन ।
यसमा अगाडि अपसाइड डाउन फर्क र पछाडि मोनोसक प्रदान गरिएको छ । यसको प्रडक्सन मोडलमा भने अगाडि कन्भेन्सनल टेलिस्कोपीक फर्क र पछाडि अपसाईड डाउन फर्क दिने अनुमान गरिएको छ ।
दुबै चक्कामा डिस्क ब्रेक दिइने एक्स्ट्रीम १ आरमा सिंगल च्यानल एबीएस दिइने अनुमान गरिएको छ ।
३. स्लीक टायर र इन्जिन
कम्पनीले यसको प्रडक्सन मोडलमा २०० सीसी क्षमताको इन्जिन दिने छ । जसको अधिकतम पावर २० पीएस र टर्क २० एनएमसम्म हुने जनाइएको छ ।
कम्पनीले यसको कन्सेप्ट मोडलमा स्लीक टायर दिएको छ । जसको विशेष प्रयोग रेसिङमा गर्न सकिन्छ । तर, प्रडक्सन मोडलमा यो टायर आउँछ वा आउँदैन अहिल्यै भन्न सक्ने अवस्था छैन ।


