काठमाडौं । टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गले क्रिसमसको अवसरमा ‘क्रिसमस इभ’ कार्यक्रमको आयोजना गर्ने भएको छ । उक्त कार्यक्रम टाटा मोटर्सको थापाथली स्थित शोरुममा आज मंगलवार साँझ ५ बजेदेखि आयोजना हुने कम्पनीले जनाएको छ ।
उक्त अवसरमा ग्राहकले टाटा मोटर्सका नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु एच फाईभ, नेक्सन, टियागो, टिगोर, हेग्जा र स्ट्रोमलगायतका गाडीहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् ।
साथै, लाईभ म्युजिक, जुनसुकै ब्राण्डका गाडीहरु एक्सचेन्जमा ५० हजारसम्मको एक्सचेन्ज लोयलटी बोनस, आकर्षक नगद छुट, एक बर्षको सवारी कर भुक्तानी, प्रत्येक गाडिको मूल्याङ्कन र टेष्ट ड्राइभमा उपहार र बुकिङ्गमा सरप्राइज गिफ्ट लगायतका विशेष अफर पाउन सक्ने छन् ।


