काठमाडौं । यामाहाले सन् २०२० मा बिक्री सुरु गरेको न्यू जेनेरेशन स्पोर्ट हेरिटेज मोटरसाइकल ‘भि स्टार २५०’ अहिले अन्तर्राष्ट्रिय बजारमा निकै चर्चामा रहेको र धेरैले प्रतिक्षा गरेको मोडल हो ।
यामाहाले यसलाई २०१९ मा नै नयाँ जेनेरेशनमा ल्याउने घोषणा गरेको थियो । ‘बर्न फर फन’ स्लोगन सहित कम्पनीले बजारमा उतार्न लागेको यो मोटरसाइकल निकै प्रिमियम र स्टाइलिस डिजाइनको कारण चर्चा बटुल्न सफल भएको हो ।
कम्पनीले यसमा २४९ सीसी क्षमताको एयरकुल्ड, भि-टुइन, ४ भल्भ इन्जिन दिएको छ । ५ स्पीड मल्टीपल वेट डिस्क क्लच गियरबक्स दिइएको यो मोटरसाइकलले अधिकतम ८००० आरपीएममा २१ बीएच पावर र ६००० आरपीएममा २०.६ एनएम टर्क प्रदान गर्छ ।
यस मोटरसाइकलको अगाडि ३३ एमएमको डेलिस्कोपिक फर्क र पछाडि ड्यूल शक स्वीङ आर्म सस्पेन्सन दिइएको छ । अगाडि चक्कामा २८२ एमएम डिस्क र पछाडि ड्रम ब्रेक दिइएको छ ।
यो मोटरसाइकलको लम्बाई २१९० एमएम, चौडाई ७१० एमएम र उचाई १०६० एमएम रहेको छ । १४९० एमएमको ह्वीलवेस रहेको मोटरसाइकलमा ६८५ एमएमको सिट हाइट रहेको छ । यसमा कम्पनीले ९.५ लिटर क्षमताको फ्यूल ट्याङ्की दिइएको छ ।
यसको मूल्य अन्तर्राष्ट्रिय बजारमा ४ हजार ३५० डलर रहेको छ ।


