भोलिबाट सर्भिस सेन्टर र पार्टस पसलहरु खुल्ने

काठमाडौं । सरकारले कलडाउनको अविध १० दिन थपगर्दै आगामी जेठ ५ गतेसम्म थपगरेसँगै केही उद्योग र व्यवसाय संचालन गर्न दिने भएको छ । लकडाउनले सिथिल बनेको अर्थतन्त्रमा केही उद्योग खुलेसँगै अर्थिक कृयाकलापहरु बढ्ने छन् ।

यस्तोमा विगत ४५ दिनदेखि बन्द रहेको अटोमोवाइल व्यवसयमा सर्भिस सेन्टर र पार्टसपसल संचालन गर्न दिने निर्णयसँगै अत्यावस्यक सेवामा प्रयोग भएका सवारीसाधको सर्भिसिङ सहज हुने भएको हो । यसले सवारीसाधनको मर्मत संभार गर्ने अटो ग्यारेजहरु खुल्ने छन् ।

अहिले नेपालमा कम्पनीहरुले आधिकारीक सर्भिस सेन्टरदेखि बाहिर खुलेका हजारौको संख्यामा ग्यारेजहरु संचालनमा आउने छन् । सरकारले यस्ता ग्यारेजहरु संचालन गर्दा ५ जना भन्दा बढी कामदारको प्रयोग गर्न पाइने छैन भने उनिहरुको स्वास्थ्य सुरक्षामा विशेष ध्यान दिनु पर्ने हुन्छ ।

यसरी पार्ट्स पसल र वर्कसप संचालन गर्दा न्युनतम दुरी कायम गर्नु पर्ने, मास्क र स्यानिटाइजरको प्रयोग गर्नुपर्ने र तीनै तहको सरकारसँग समन्वय गरेर काम गर्नु पर्ने ।


Back_to_top