लकडाउनमा कुन काममा जाने गाडी कति बजेसम्म चलाउन पाइने, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । आजदेखि उपत्यकामा सवारीसाधन चलाउन टाइम कार्ड लागु भएको छ । आइतबारदेखि उपत्यका भित्र संचालनमा आउने निजी सवारीसाधनलाई टाइम कार्ड अनुसार चल्न दिने भएको हो ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, ट्राफिक प्रहरी लगायतका सरोकारवाला निकायहरूबीच भएको छलफलमा बैंक तथा वित्तिय संस्था र कर्पोरेट कार्यालयमा काम गर्ने कर्मचारीको सवारी सञ्चालन गर्न दिने निर्णय गरेको हो ।

यससँगै सम्बन्धित कार्यालय तथा संस्थाका सवारी साधन टाइम कार्ड अनुसार संचालन गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीमप्रसाद ढकालले जानकारी दिए।

ढकालका अनुसार सरकारी कार्यालयलाई बिहान ९ बजेदेखि साढे १० बजेसम्म कार्यालय पुग्नु पर्ने र घर फर्कन समय बेलुकी ५ बजेदेखि ६ बजेसम्म समयसम्म तोकिएको छ ।

त्यसैगरि बैंक, वित्तीय संस्था बिहान ९ बजेदेखि साढे १० बजेसम्म पुग्नु पर्नेछ र बेलुका साढे ३ बजेदेखि ५ बजेसम्म फर्कनु पर्नेछ ।

यस्तै खाद्यन्न सामग्री बोक्ने सवारीसाधन बिहान १० बजेसम्म र निर्माण सामाग्री बोकेका ठुला सवारीलाई बेलुका ८ बजेदेखि बिहान ६ बजेसम्म उपत्यकाभित्र प्रवेश गर्न पाउनेछन् ।

औषधि, खानेपानी, प्रेस जस्ता अत्याबश्यक सवारी साधनको हकमा भने टाइम कार्ड लागू हुने छैन ।


Back_to_top