काठमाडौं । आर्थिक विधेयकमाथिको दफावार छलफलको क्रममा बोल्दै नेपाली काँग्रेस नेतृ पुष्पा भुषलले इलेक्ट्रीक कार र हाइड्रोपावर निर्माणमा लगाइएको कर परिमार्जन गर्न माग गरेकी छिन् ।
उनले युवाहरु २०/३० लाखमा इलेक्ट्रीक कार चढ्न सकिन्छ कि भनेर काम गरिरहेका थिए । तर, सरकारले धनीमानीले चढ्ने भनेर यसमा कर बढाए ।
त्यस्तै यही मागलाई काँग्रेस नेता डा. मिनेन्द्र रिजाल र देबेन्द्रराज कँडेलले पनि दोर्याएका छन् ।
संसदहरुको प्रश्नको जवाफ दिदै अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले यस विषयमा धेरै पटक बोलिसकेकाले थप बोल्नु आवश्यक नरहेको बताए ।
‘यो विषयमा धेरै छलफल भएको छ । हामी के कति गर्न सकिन्छ त्यस विषयमा छलफल गरेर अघि बढ्छौ’, अर्थमन्त्री डा. खतिवडाले भने ।


