काठमाडौं । दराज एपबाट टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्ने सुरुवाती २० जनाले ५ हजार ५०० रुपैयाँ बराबरको स्पेशल डिस्काउन्ट भौचर प्राप्त गर्ने भएका छन् ।
जगदम्बा मोटर्स प्रालि र दराज एपबीच भएको सम्झौँता आज अक्टोबर ५ देखि अक्टोबर १४ तारिखसम्म ‘दराज दशैं धमाका’ नामक स्कीममा टिभिएसका मोटरसाइकल खरिद गर्ने ग्राहकले यस्तो छुट प्राप्त गर्ने भएका हुन् ।
यसका साथै बम्पर उपहारमा दराज एपबाट मोटरसाइकल तथा स्कुटर खरिद गर्ने मध्य एक जनाले आरटीआर १६० फोर भी सिंगल डिस्क मोटरसाइकल जित्न सक्ने कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
‘हामी जगदम्बा मोटर्स सधै ग्राहकलाई केही न केही नयाँ दिने प्रयासमा हुन्छौ । दशैं नजिकिएको छ, कोभिड १९ को असर लगायतका विषयम परिस्थितिसँग हामी जुधिरहेका छौं । यस्तो अवस्थामा पनि ग्राहकलाई केही थप सुविधा दिन हामीले दराजसँग मिलेर नयाँ स्कीम ल्याएका हौं’, जगदम्बा मोर्टस प्रालिका भाइस प्रेसिडेन्ट दिपक कुमार अग्रावालले भने ।
कम्पनीले संचालन गरेको ‘टिभिएस दशैंको आशा’ योजना अन्तर्गत दिइएको मोटरसाइकलमा ९ हजार छुट र स्कुटरमा ७० हजार छुटको स्कीम ग्राहकले दराजमा पनि पाउने छन् ।
साथै, कम्पनीले हरेक हप्ता गर्दै आएको बम्पर लक्की ड्र मार्फत टिभिएस आरआर ३१० मोटरसाइकल जित्ने अवशर पनि प्राप्त गर्ने छन् । यस लक्की ड्रमा सहभागिता जनाउन भने टिभिएको मोटरसाइकल तथा स्कुटर किनै हुनु पर्ने छैन ।
जगदम्बा मोटर्स प्रालिले ११० देखि ३१० सीसीसम्मका गुणस्तरीय उत्पादनहरु राडियन, स्ट्राइकर, म्याक्स १२५, अपाचे आर टि आर १६०, अपाचे आरटीआर १६० फोर भी, अपाचे आरटिआर २००४ भी, अपाचे आरआर ३१०, एन्टर्क १२५, वेगो र जुपिटर क्लासिक लगायतका मोडलहरु बिक्री वितरण गर्दै आएको छ ।


