टाटाले पुरा गर्‍यो ४० लाख यूनिट कार उत्पादन

काठमाडौं । कमर्शियल गाडीमा विश्वकै ठूलो मध्यको एक टाटा मोटर्सले सन् १९९१ मा पहिलो प्यासेन्जर कार सेग्मेन्टमा गाडी ल्याएको थियो । पहिलो १० लाख गाडी उत्पादन गर्न कम्पनीलाई १५ वर्ष लागेको थियो ।

त्यसपछिको ९ वर्षमा ३० लाख यूनिटको आँकडा भेट्टाएको कम्पनीले पछिल्लो ४ वर्षमा अर्को १० लाख यूनिट गाडी बिक्री गर्न सफल भएको छ । योसँगै कम्पनीले ४० लाख यूनिट कार उत्पादनको आँकडा भेट्टाएको हो ।

सिरिया मोडलबाट उत्पादन सुरु गरेको टाटाले अहिले पुराना मोडलहरुको उत्पादन गर्दैन । कम्पनीले अहिले टियागो, टिगोर, नेक्सन, एच५, अल्ट्रोज जस्ता मोडल उत्पादन गरिरहेको छ भने आउने क्रममा पनि थुप्रै मोडल रहेका छन् ।

टाटाले इलेक्ट्रीक कारको उत्पादनलाई पनि बढाउँदै लगेको छ । कम्पनीले टिगोर इभीबाट सुरु गरेको यात्रालाई नयाँ जिपट्रोन प्रविधिको विकास गरेर नेक्सन इभी बजारमा ल्याइसकेको छ । अबको केहि महिनापछि यो नेपाल आउने सम्भावित इलेक्ट्रीक कार समेत हो । त्यस्तै अल्ट्रोज इभी, एचबीएक्स कन्सेप्ट, ग्राभिटास जस्ता नयाँ मोडलले टाटाको उत्पादन अझै बढाउने अपेक्षा गरिएको छ ।


Back_to_top