होन्डाले ल्यायो दुई नयाँ मोटरसाइकल, लामो यात्रा गर्नेलाई उत्कृष्ट

काठमाडौं । होन्डाले ३०० सीसी सेग्मेन्टमा नयाँ होन्डा सिआरएफ ३०० एल र सिआरएफ ३०० र्‍याली यूरोपबाट सार्वजनिक गरेको छ । उत्कृष्ट डिजाइनको साथ आएको होन्डाको नयाँ मोटरसाइकलमा २८६ सीसी क्षमताको सिंगल सिलिण्डर लिक्वीड कुल्ड इन्जिन दिएको छ ।

होन्डा एड्भेञ्चर र डर्ट मोटरसाइकल उत्पादनमा अब्बल कम्पनी मानिन्छ । कम्पनीले उत्पादन गरेको सिआरएफ २५० एल र सिआरएफ २५० र्‍याली नेपालमा पनि बिक्री वितरण हुँदै आएको मोटरसाइकल हो ।

यस्तोमा यो भन्दा केहि सीसी बढी रहेको सिआरएफ ३०० एल र र्याली दुबै नेपाल आउन सक्ने मोडलमा पर्छन् ।

होन्डाले सिआरएफ ३०० दिएको इन्जिनले २७.३ पीएस पावर र २६.६ एनएम टर्क प्रदान गर्ने छ । ६ स्पीडको गियरबक्स जडान भएको नयाँ मोटरसाइकलमा सिल्पर क्लचको प्रयोग भएको छ ।

सेमी डबल काड्र्ली स्टील फ्रेमको प्रयोग भएको नयाँ मोटरसाइकल सिआरएफ २५० को तुलनामा ४ केजी कम तौल रहेको छ । नयाँ बाइकमा अगाडि इन्भटेर्ड फर्क र पछाडि प्रोलिङ्क मोनोशक दिइएको छ । हलुका तौलको कारण लामो यात्रा गर्न चाहने राइडरलाई यसले खुसी बनाउने छ ।

दुबै मोडलमा अगाडि २१ इन्च र पछाडि १८ इन्चको स्पोक ह्वील दिइएको छ । दुबैमा दिइएको टायर अफरोडको लागि उपयुक्त रहेको कम्पनीको दाबी छ । दुबै मोटरसाइकलमा डबल डिस्क ब्रेक दिइएको छ भने, डबल च्यानल एबीएस उपलब्ध रहेको छ ।

सिआरएफ ३०० एलमा ७.८ लिटरको फ्यूल ट्याङ्क दिइएको छ भने, र्‍याली मोडलमा भने ठूलो १२.८ लिटर क्षमताको फ्यूल ट्याङ्क दिइएको छ । दुबै मोटरसाइकलमा एलसीडी इन्ट्रुमेन्ट क्लष्टर उपलब्ध रहेको छ । एल मोडलमा हेलोजिन हेडल्याम्प दिइएको छ भने, र्‍यालीमा एलइडी सेटअप दिइएको छ ।

र्‍याली मोडलमा विन्डस्कृन, इन्जिन कौल लगायतका थप फिचर पाउन सकिने छ ।


Back_to_top