सस्तो कार नानो बनाएको भारतले कम मूल्यमा ‘नियो’ ल्याउने, २ सय किमि रेञ्ज

काठमाडौं । टाटा मोटर्सको चर्चित सानो कार नानो इलेक्ट्रीकमा आउने पक्का भएको छ । टाटा मोटर्स र जयम अटोमोवाइल बीच सस्तो इन्ट्री लेवल इलेक्ट्रीक कार ल्याउने घोषणा २०१७ मा नै गरेका थिए । तर, २०१९ को अन्त्यतिर यी दुई कम्पनीले साझेदारी भंग गरेका थिए ।

यी दुई कम्पनी बीचमा साझेदारीको सम्झौँता भंग भएको भएपनि जयमले यो प्रोजेक्टलाई अगाडि बढाएको छ । कम्पनीले टाटा नानोको प्ल्याटफर्मलाई नै प्रयोग गरेर नयाँ इभी परिक्षण गरिरहेको तस्विरहरु बाहिर आएका छन् ।

नयाँ इभी टाटा नानोको एक्टेरियर र इन्टेरियरमा नै तयार भइरहेको बुझ्न कठिन छैन । तर, जयमले इलेक्ट्रीक कारमा फुल डिजिटल इन्ट्रुमेन्ट कन्सोल दिएको छ । साथै, कम्पनीले नानोको तुलनामा यसलाई सुरक्षा फिचरले निकै उत्कृष्ट बनाएको छ ।

जयमले यो सानो कार नियो नामबाट ल्याउने छ । कम्पनीले यसमा १७.७ किलोवाट आवरको व्याट्री दिएको छ । उक्त व्याट्रीले एक पटकको फुल चार्जमा २०३ किलोमिटर रेञ्ज प्रदान गर्छ । यसको टप स्पीड क्षमता ८५ किलोमिटर प्रतिघन्टा रहने छ ।


Back_to_top