मासिक ७ हजार किस्ताबाट टीभीएसको अपाचे सिरिज

काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले आफ्ना अपाचे सिरिजका मोटरसाइकल मासिक ७ हजार ४४४ रुपैयाँ देखिनै किस्ता तिर्नेगरि खरिद गर्न सकिने स्कीम संचालनमा ल्याएको हो ।

टीभीएसले विभिन्न मोडलमा अपाचे सिरिज विक्री गर्दै आएको छ । कम्पनीले अपाचे सिरिजमा सबैभन्दा महंगो मोडलको रुपमा आरआर ३१० विक्री गर्दै आएको छ । यसको मूल्य ७ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

कम्पनीले २०० सीसी क्षमताको आरटीआर फोर भि विक्री गर्दै आएको छ । कम्पनीले यसलाई दुई भेरियन्टमा विक्री गर्दै आएको छ । एबीएस सहितको २०० फोर भिको मूल्य ३ लाख ५० हजार ९०० र रेगुलर मोडलको मूल्य ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेर विक्री गर्दै आएको छ ।

अपाचे १८० टु भि एउटा मात्रै भेरियन्टमा विक्री गर्दै आएको छ । यसको मूल्य २ लाख ७९ हजार ९०० रुपैयाँ रहेको छ । साथै, अपाचे १६० टु भिलाई कम्पनीले विभिन्न तीन भेरियन्टमा विक्री गर्दै आएको छ । यसको मूल्य २ लाख ६६ हजार ९०० देखि २ लाख ९० हजार ९०० रुपैयाँसम्म रहेको छ ।

अपाचे सिरिजमा सबैभन्दा धेरै भेरियन्ट १६० फोर भिमा रहेको छ । कम्पनीले १६० फोर भिलाई २ लाख ७२ हजार ९०० रुपैयाँदेखि ३ लाख १३ हजार ९०० रुपैयाँसम्म मूल्य निर्धारण गरेर विक्री गर्दै आएको छ ।


Back_to_top