नयाँ जेनेरेशन पोलोको चर्चा चुलिदै

काठमाडौं । अहिले नेपाली बजारमा विक्री हुँदै आएको फक्सवागन पोलो छैटौँ जेनेरेशन मोडल हो । सन् २०१७ मा छैटौँ जेनेरेशन मोडल ल्याएको फक्सवागनले पोलोको सातौँ जेनेरेशन अन्तर्राष्ट्रिय बजारमा उतारेको छ ।

नेपालमा विक्री हुने पोलो अहिले भारतमा उत्पादन भएर आउने गरेको छ । नयाँ जेनेरेशन पोलोको साइज पहिलाभन्दा ठूलो बनाएकाले तत्काल यसको उत्पादन भारतमा हुने वा नहुने विषयमा अन्योल छ । यस्तोमा फक्सवागनको आधिकारीक वितरक पुजा इन्टरनेशनलले यूरोपियन उत्पादन नेपाल ल्याएमा मात्रै चाँडै पोलोको नयाँ जेनेरेशन मोडल नेपाल आउन सक्ने छ ।

फक्सवागनले अन्तर्राष्ट्रिय बजारमा उतारेको नयाँ पोलोको लम्बाई ४०५३ मिलिमिटर रहेको छ । भारतमा यो साइजको कारमा धेरै कर लाग्ने भएकाले कर छुट पाउन कम्पनीले ४ मिटरभन्दा छोटो साइजमा यसको उत्पादन गर्ने जनाइएको छ । सानो साइजमा ल्याउनु पर्ने भएकाले भारतमा तत्कालै यसको संम्भव नभएको फक्सवागन इन्डियाका ब्राण्ड डाइरेक्टर आशिष गुप्ताले मिडियालाई बताएका छन् ।

‘पोलो भारतमा सफल मोडल हो । यसलाई भारतमा उत्पादन गर्नु हाम्रो प्राथमिकतामा पर्छ । यद्यपी अहिल्यै कुन मितिबाट उत्पादन हुन्छ भन्ने विषयमा बताउन सकिने अवस्था छैन’ गुप्ताले भनेका छन् ।

विषेशत भारत र नेपालमा पोलोको प्रतिस्पर्धा प्रिमियम ह्याचव्याक सेग्मेन्टमा रहेका हुन्डाई आई २०, मारुती सुजुकी बलेना, टाटा अल्ट्रोज जस्ता मोडलसँग भइरहेको छ । यस्तोमा यो सेग्मेन्टमा आउने नयाँ जेनेरेशन पोलो कम्पनीको लागि निकै महत्वपूर्ण मानिन्छ ।


Back_to_top