विद्युतीय सवारी साधन प्रयोग बढाउन बजेटले गर्‍यो यस्तो व्यवस्था

काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९को बजेट मार्फत विद्युतीय सवारी साधनको प्रयोग बढाउन ठोस कार्ययोजना बाहिर ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज सार्वजनिक गरेको बजेटले इलेक्ट्रीक सवारी साधनको प्रयोग बढाउन आवश्यक पूर्वाधार निर्माणदेखि नेपालमा नै विद्युतीय गाडीको उत्पादनलाई जोड दिएका छन् ।

विक्रम संम्बत २०८८ सम्ममा विद्युतीय सवारीसाधन विक्री गर्ने वातावरण निर्माण गर्ने, यहि आर्थिक वर्षमा काडमाडौं उपत्यकामा १०० वटा विद्युतीय बस संचालनको जिम्मेवारी साझा यातायातलाई दिने बजेटमा उल्लेख छ ।

आगामी आर्थिक वर्षमा देशभर ५०० चार्जिङ स्टेशन निर्माण गर्ने, विश्वका ठूला विद्युतीय कार उत्पादकलाई नेपाल ल्याउन पहल गर्ने, सहायक उद्योग संचालन गर्नेलाई कर सहुलियत र निःशुल्क जमिन प्रदान गर्ने भनिएको छ ।

नेपालमा विद्युतीय सवारी साधनको प्रयोग बढाउन पुराना पेट्रोल र डिजेलबाट चल्ने गाडीलाई विद्युतीय सवारीमा परिवर्तन गर्दा छुटको व्यवस्था लगायतका विषय बजेटमा उल्लेख छ ।


Back_to_top