काठमाडौं । कोभिड १९ को दोस्रो लहर पश्चात टीभीएसले साथ् छ हाम्रो योजना अघि ल्याएको छ । यो योजनामा कम्पनीले नगद छुटदेखि बिना व्याजसम्मको स्कीम ल्याएको हो ।
यस योजना अन्तर्गत टीभीएसको कुनैपनि मोटर्साइकल वा स्कुटरको खरिदमा ८ हजार रुपैयाँ पक्कापक्की डिस्काउन्टको व्यवस्था गरिएको छ । यसै गरि किस्ताबन्दीमा मोटरसाइकल वा स्कुटर किन्न इच्छुक व्यक्तिहरुको लागि सिमित अवधिसम्म शून्य प्रतिशत व्याजदरको समेत विशेष सुविधा रहेको छ ।
आउँदो केहि समयमा नयाँ आर्थिक बर्षको सुरुवात र कर प्रणालीमा वृद्धि जस्ता कारणले मोटरसाइकल र स्कुटर दुवैको मूल्य बढ्ने सम्भावना ज्यादा रहेकोले पुरानै र सस्तो मुल्यमा नयाँ साधन किन्ने यो योजना अन्तिम अवसर रहेकाले पनि ग्राहकवर्गमा यो योजना निकै नै आकर्षक रहेको छ । यस योजना देशका सम्पूर्ण टीभीएस स्वरुमहरुमा लागु हुनेछ ।


