काठमाडौं । स्कोडाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेज्ले विश्वस्तरीय सर्भिस सेन्टर निर्माण गरिरहेको छ । कम्पनीले काठमाडौंको सितापाइलमा उक्त सर्भिस सेन्टर निर्माण गरिरहेको हो ।
‘स्टेट अफ आर्ट’ कन्सेप्टमा निर्माण भइरहेको उक्त सर्भिस सेन्टर २५ हजार स्क्वायर फिटमा फैलिएको छ । कम्पनीले भविष्यमा स्कोडाको बजार हिस्सा बढ्दै जाने अपेक्षासहित आधुनिक इक्यूपमेन्टले सु-सजित सर्भिस सेन्टर निर्माण गर्न लागेको जनाएको छ । आगामी दुई महिना भित्रै यसलाई संचालनमा ल्याउनेगरी काम भइरहेको कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
नयाँ सर्भिस सेन्टरमा १६ वटा ‘बे’ रहने छन् । उक्त स्थानबाट वार्षिक ६ हजार ४०० यूनिट गाडीले सर्भिस पाउन सक्ने कम्पनीको दावी छ । साथै, स्पेयर पार्टस्को लागि पनि उचित व्यवस्थापन हुने जनाइएको छ ।
नयाँ सर्भिस सेन्टर निर्माणको विषयमा कम्पनीका कार्यकारी निर्देशक रौनक अग्रवाल भन्छन्, ‘विश्वस्तरीय सर्भिस सेन्टर निर्माणको सूचना दिन पाउँदा हामी निकै खुसी छौं । नयाँ सर्भिस सेन्टरले स्कोडाको आगामी लक्ष्यलाई दर्शाएको छ । जहाँबाट हाम्रा ग्राहकले उत्कृष्ट सर्भिसको अनुभव गर्न सक्ने छन् ।’


