काठमाडौं । टीभीएसको चर्चित स्कुटर एनटर्क १२५ को विक्री ५० हजार यूनिट पुरा भएको छ । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले एनटर्क ५० हजार यूनिट विक्री भएको जनाएको हो । नेपालमा विक्री सुरु भएको तीन वर्षमा नै कम्पनीले यो अविश्वसनिय सफलता हासिल गरेको जनाएको छ ।
सन् २०१८ मा टीभीएस एनटर्क १२५ नेपालमै पहिलो ब्लुटुथ जडान गरिएको स्कुटरको रुपमा विक्री सुरु भएको थियो । उत्कृष्ट टेक्नोलोजी, आकर्षक डिजाइन र धेरै भेरियन्टमा उपलब्ध एनटर्क पावरफुल स्कुटर खोज्ने ग्राहकको रोजाइमा पर्न सफल भएको हो ।
नेपालमा एनटर्कको सफलताको विषयमा बोल्दै टीभीएसको इन्टरनेशनल बिजिनेशका प्रेसिडेन्ट आर दिलिपले भने ‘हाम्रो स्मार्ट स्कुटर एनटर्क १२५ ले नेपाली बजारमा ५० हजार विक्री लक्ष्य हासिल गरेकोमा हामी अत्यन्तै खुसी छौं । हामी नेपालका हाम्रा ग्राहकहरु प्रति हार्दिक आभारी छौं । सुधारिएको पूर्वाधार, बहुउपयोगी सवारी साधनहरुको आवश्यकता र सुरक्षित व्यक्तिगत गतिशीलताको लागी बढ्दो मागको कारण स्कुटर नेपालमा एक लोकप्रिय छनोट बन्न सफल भएको छ । एनटर्ककोे आकर्षक एपियरेन्स, कनेक्टेड टेक्नोलोजी र उत्कृष्ट प्रदर्शनले गर्दा बजारमा यसको सफलताको एक पहिचान भएको हो ।’
नेपाली ग्राहकले एनटर्कलाई मनपराएको विषयलाई जगदम्बा मोटर्सले पनि आफ्नो सफलता जोडिएको बताउँदै प्रबन्ध निर्देशक शहिल अग्रवाल भन्छन्, ‘हाम्रा ग्राहकहरु प्रिमियम र गतिशील समाधानमा विश्वास राख्दछन्, जुन बलियो गुणस्तरको साथै देशको भूभागको लागि उपयुक्त हुन्छ । यी आवश्यकताहरुलाई पूरा गरेर, टिभिएस एनटर्क १२५ छिटै राष्ट्रले नै मन पराएकोे स्कुटरको रुपमा स्थापित हुन सफल भएको छ ।’
टीभीएस एनटर्क १२५मा ब्लुटुथ-इनेबल्ड टेक्नोलोजी, टीभीएस स्मार्ट कनेक्ट, कनेक्टफुल्ली डिजिटल क्लष्टर जस्ता विषेशता ग्राहकले पाउने छन् ।

