काठमाडौं । सिंगापुरको चाङ्गी एयरपोर्टलाई पछि पार्दै कतारको राजधानी दोहामा रहेको ‘हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट’ सन् २०२१ को उत्कृष्ट एयरपोर्टमा छानिएको छ ।
विगत एक दशकदेखि सिंगापुरको चाङ्गी एयरपोर्ट विश्वको अन्तर्राष्ट्रिय एयरपोर्ट मध्ये उत्कृट बन्दै आएको थियो । स्काई ट्रयाक्स नामक कम्पनीले यात्रीहरुको भोटिङका आधारमा वार्षिक रुपमा विश्वका उत्कृष्ट १०० एयरपोर्टहरुको सूची प्रकाशन गर्दै आएको छ ।

कतारको हमाद अन्तर्राष्ट्रिय एयरपोर्ट विगत वर्षदेखि नै सूचीमा आफ्नो स्थान सुधार गर्दै आएको थियो । कतार सरकार र कतार एयरलाइन्सले हमाद एयरपोर्टलाई पहिलो स्थानमा पुर्याउन धेरै मिहेनेत र लगानी गरेको थियो ।
कतार एयरवेजका ट्रान्जीटमा रहने यात्रीहरुलाई फ्रिसीटी टुर, सित्तैमा खाने तथा वस्ने सुविधा, भीआईपी ट्रान्फरको सुविधा दिइएको छ । यही कारण उक्त एयरपोर्ट मार्फत यात्रा गर्ने यात्रुले धेरै मनपराएका हुन् ।

यस वर्षको सूचीको दोस्रो स्थानमा जापानको राजधानी टोकियोमा रहेको हानेदा एयरपोर्ट छानिएको छ । हानेदाका साथै पाँचौ नम्बरमा टोकियो कै अर्को नारीता एयरपोर्ट तथा नबौँ स्थानमा जापानको अर्को सहर ओशाकाको कन्साई एयरपोर्ट उत्कुष्ट १० भित्रै पर्न सफल भएका छन् ।
धेरै वर्षदेखि पहिलो स्थानमा रहेको सिंगापुरको चाङ्गी एयरपोर्ट भने यस वर्षको सूचीमा तेस्रो नम्बरमा धकेलिएको छ । चौथोमा कोरियाको इन्चोन अन्तर्राष्ट्रिय एयरपोर्ट, तथा १० औँमा हङकङको अन्तर्राष्ट्रिय एयरपोर्ट छानिएको छ ।

यस वर्षको टप टेनमा एशियाका एयरपोर्टहरूको वर्चस्व रहेता पनि क्रमस छैठौ देखि नवौ नम्बरसम्ममा युरोपका एयरपोर्टहरु पर्न सफल भएका छन् । जसमा छैठौ नम्बरमा जर्मनको म्युनिख, सातौमा सुइजरल्याण्डको जुरीच एयरपोर्ट तथा आठौँमा लण्डनको हिथ्रो अन्तर्राष्ट्रिय एयरपोर्ट पर्न सफल भएका छन् ।
हाम्रो नजिककैको भारतको ४ वटा एयरपोर्टहरु भने टप १०० एयरपोर्टमा पर्न सफल भएका छन् । जसमा दिल्लीको एयरपोर्ट ४५ औँ स्थानमा, हैदरावाद ६४ औँ स्थानमा, मुम्बई ६५ औँ स्थानमा र बेङलुरु एयरपोर्ट ७१ औँ स्थानमा पर्न सफल भएका छन् ।
त्यस्तै चाइनाको ग्वान्जाव १४ औँ स्थानमा, टर्किको स्तानबुल १७ औँ स्थानमा, दुवई एयरपोर्ट १९ औँ स्थानमा, चाइना कै सांघाई २१ औँ स्थानमा तथा जापानको फुकुओका २७ औँ स्थानमा पर्न सफल भएका छन् ।

