साउन १ बाट लाइसेन्सको आवेदन खुल्ने, एकहप्ता भित्र पाइएला लाइसेन्स

काठमाडौं । यातायात व्यवस्था विभागले लाइसेन्स परिक्षाको अनलाईन फारम साउन १ गतेदेखि पुन सुचारु गर्ने भएको छ । 

अडिट गर्नका लागी भन्दै असार १ गतेबाट बन्द गरिएको अनलाईन फारम  पुनः सुरु हुने भएको हो ।

याे पनि पढ्नुस्ः साउनभित्र आबेदन दिएर बसेका सबैको हातमा लाइसेन्स, यस्तो छ विभागको तयारी

यातायात व्यवस्था विभागले १ महिनाको लागि देशभर मोटरसाइकल, कार लगायतको सवारी लाइसेन्स परिक्षाको अनलाईन फारम बन्द गरेको थियो । 

अनलाइन फारम देशभर साउन पहिलो हप्ताबाट सुचारु हुने विभागका निर्देशक तुलसी अर्यालले बताए । पछिल्ला दिनमा दैनिक ८ हजारको हाराहारीमा कार्ड प्रिन्ट गरिरहेको जनाएको विभागले साउनदेखि सहजरुपमा लाईसेन्स वितरणको ब्यवस्था मिलाएको जनाएको छ । 


Back_to_top