मोटरहेड मोटरसाइकल किन्दा १२ हजार छुट साथै थुप्रै नगद उपहार

काठमाडौं । नेपालका लागि मोटरहेड मोटरसाइकलको आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले दशै, तिहार र छठलाई मध्यनजर गरी ‘पर्व खुसीको, पर्व विश्वासको’ अफर ल्याएको छ ।

भाद्र २४ देखि प्रारम्भ हुने उक्त अफर आगामी कात्तिक २४ सम्म चल्ने छ । उक्त अफर अन्तर्गत मोटरहेडका कुनै पनि मोटरसाइकल सीधै नगदमा खरिद गर्दा १२ हजार र फाइनान्स गरी खरिद गर्दा ८ हजार रुपैयाँ छुट पाइने छ । त्यसैगरी सो अवधिमा मोटरसाइकल खरिद गर्ने  ग्राहकहरु मध्येबाट गोलाप्रथा गरी तीन जना भाग्याशाली ग्राहकलाई क्रमशः १ लाख, ५० हजार र २५ हजार नगद प्रदान गरिने कम्पनीको जनाएकाे छ ।

कम्पनीको यो अफर नेपालभरका सोरुममार्फत प्राप्त गर्न सकिने छ ।

माेटरहेडकाे हालै धादिङ र मन्थलीमा पनि डिलरसिप विस्तार भएकाे छ साथै कावासोतीमा पनि बिक्रीकेन्द्र विस्तार गरिसकेको छ । यही भाद्र महिनाको अन्तिम सातादेखि विर्तामोडमा समेत बिक्री विस्तार हुने र दशै अगावै राजमार्गका अति व्यस्ता दुई तीनवटा थप स्थानमा समेत आधिकारिक सर्भिस सेन्टर विस्तार गर्ने योजना भएको कम्पनीको भनाइ छ ।


Back_to_top