काठमाडौं । यामाहाले काठमाडौंको भृकुटीमण्डपमा एक्सचेन्ज मेला सुरु गरेकाे छ । यामाहाको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले ‘महा एक्सचेन्ज मेला’ नाम दिएर असोज ८ गतेदेखि १५ गतेसम्म मेला संचालन गर्न लागेकाे हो ।
यो महा एक्सचेन्ज मेलामा कम्पनीले उपहार, नगद छुट र अन्य थुप्रै क्रियाकलापमा उपहार राखेकाे जानकारी दिएकाे छ । मेलामा कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर ल्याएर एक्सचेन्ज गर्नेलाई १० हजार थप मूल्यांकन दिने घोषणा गरिएको छ ।

एक्सचेन्ज मेलामा टेष्ट ड्राइभ कार्यक्रम पनि राखिएको छ । उक्त टेष्ट ड्राइभमा सहभागी मध्येबाट हरेक दिन एक जनालाई सुनको सिक्का उपहार दिने कम्पनीले जनाएको छ ।
साथै, यस मेलामा गएर एक्सचेन्ज गर्ने वा नयाँ मोटरसाइकल किन्ने दुबै ग्राहकले कम्पनीले संचालन गरिरहेको चाडपर्व केन्द्रित अफर पनि पाउने छन् । ‘रेस फर दि एस’ स्कीम अन्तर्गत स्क्र्याचकार्ड मार्फत ८ हजारदेखि १ लाखसम्म नगद छुट, हरेक हप्ता १ जनालाई ४ तोला सुन र बम्परमा ३ जनालाई ४ तोला सुन दिने स्कीम संचालन गरिरहेको छ ।

कम्पनीले मेलामा मोटरसाइकल किन्नेलाई निःशुल्क एशोसरीज र जुनसुकै ब्राण्डको मोटरसाइकल निःशुल्क चेक र वास गरिदिने जनाएको छ ।
कम्पनीले आजदेखि यामाहा एमटी १५ को बीएस ६ भर्सनको बुकिङ लिन सुरु गरेको छ । केही दिन पश्चात यामाहा एमटी १५ बीएस ६ भर्सनसहित नयाँ कलर अप्सनमा नेपालमा सार्वजनिक गर्ने तयारी रहेको कम्पनीले जनाएको छ ।


