मारुती सुजुकीका १५ मोडलमा यस्तो छ नगद छुट (सूचीसहित)

काठमाडौं । मारुती सुजुकीको आधिकारीक वितरक सिजी मोटोकर्पले ‘पर्वोत्सव’ योजनामा आफ्ना सबै १५ मोडलमा नगद छुटको घोषणा गरेको छ । कम्पनीले आउँदै गरेको चाडपर्व केन्द्रित स्कीममा २ लाखसम्म नगद छुट दिने घोषणा गरेको हो ।

कम मूल्यका सबैभन्दा धेरै मोडल विक्री गर्दै आएको सिजी मोटोकर्पले सबैभन्दा धेरै नगद छुट एसक्रसमा दिएको छ । साथै, ग्राहकले सबैभन्दा कम नगद छुट पाउने मोडल भने लाइट कमर्शियल सुपर क्यारी र इको भ्यान हुन् ।

कम्पनीले पर्वोत्सव योजनामा नगद छुटको साथमा एक्सचेन्ज बोनस, लोयलटी बोनस, बीमा, सर्भिसिङ, सहज फाइनान्स सुविधा दिने जनाएको छ ।

यस्तो छ मोडल अनुसारको छुट

मारुती सुजुकीको इन्ट्री मोडल अल्टो ८०० मा ६० हजार रुपैयाँ नगद छुट ग्राहकले पाउने छन् । त्यसैगरी एसप्रेसोमा एक लाख रुपैयाँ नगद छुट दिने कम्पनीले जनाएको छ ।

कम्पनीले विक्री गर्दै आएको ७ सिट क्षमताको इकोमा १ लाख, इको कार्गोमा ५० हजार, सुपर क्यारीमा ५० हजार, वागेनआरमा १ लाख २० हजार नगद छुट दिइरहेको छ । साथै, स्वीफ्टमा पनि ग्राहकले १ लाख २० हजार छुट पाउने छन् ।

सिजी मोटोकर्पले डिजायर कम्प्याक्ट सेडानमा १ लाख ५० हजार, प्रिमियम ह्याचव्याक बलेनोमा १ लाख ७५ हजार, ब्रेजामा १ लाख ७० हजार र इग्नीसमा १ लाख ५० हजार नगद छुट दिइरहेको छ ।

त्यसैगरी ग्राहकले आर्टिगा र सियाजको खरिदमा समान १ लाख ७५ हजार र एसक्रसमा २ लाख रुपैयाँ नगद छुट पाउने छन् ।

कम्पनीले आफ्ना केही मोडल बाहेक अन्यमा स्क्र्याचकार्ड मार्फत न्यूनतम २० हजारदेखि ७५ हजारसम्म नगद छुट प्रदान गर्ने जनाएको छ । स्क्र्याच कार्डको सुविधा इको भ्यान र अल्टोमा पाइने छैन ।

सिजीले एक्सचेन्ज बोनसको रुपमा २५ हजारदेखि १ लाख ५० हजारसम्म दिने जनाएको छ । यो सुविधा पनि अल्टो र इको भ्यान किन्न चाहने ग्राहकले पाउने छैनन् ।

लोयलटी बोनस पनि अल्टो र इको बाहेकका ग्राहकले १५ देखि २० हजार रुपैयाँ प्राप्त गर्न सक्ने छन् ।


Back_to_top