ब्रेजा र भेन्यूसँग प्रतिस्पर्धा गर्ने ‘जेडआर-भी’ अर्को महिना बजारमा आउने

काठमाडौं । होन्डाले सब फोर मिटर एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले यसअघि विक्री गर्दै आएको ‘बीआर-भी’को नयाँ जेनेरेशन मोडललाई सब फोर मिटर एसयूभीको डिजाइनमा ‘जेडआर-भी’ नामबाट ल्याउन लागेको हो ।

अहिले बजारमा उपलब्ध मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन र किया सोनेट जस्ता मोडलसँग यसको सिधा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ । होन्डाको नयाँ ‘जेडआर-भी’ नेपाली बजारमा पनि उपलब्ध हुने मोडल हो ।

होन्डाले यसलाई इन्डोनेशियाबाट सार्वजनिक गर्ने अनुमान गरिएको छ । किन भने कम्पनीले यसको परिक्षण इन्डोनेशियामा गर्दै आएको थियो । इन्डोनेशिया इन्टरनेशनल अटो शो २०२१ मा पनि यसको प्रदर्शन गरेको होन्डाले डिसेम्बरमा यसलाई बजारमा ल्याउने अनुमान गरिएको छ ।

कम्पनीले यसको केही पार्टस्को फोटो सार्वजनिक गरेअनुसार नयाँ एसयूभीमा सार्प एलइडी हेडल्याम्पको साथमा डे टाइम रनिङ लाइट, आकर्षक एलइडी टेल लाइट, फराकिलो अगाडिको ग्रिल, बक्सी डिजाइन, कालो प्लाष्टीकको बडी क्याडीङ देखिएको छ ।

कम्पनीले यसमा तीन इन्जिन अप्सन उपलब्ध गराउने छ । जसमा १.२ लिटर, १.५ लिटर र १.० लिटर टर्बो इन्जिन उपलब्ध रहने छ । यी इन्जिनले क्रमशः ९०, १२१ र १२२ पीएस पावर प्रदान गर्छ । साथै यी इन्जिनको टर्क पनि क्रमशः ११०, १४५ र १७३ एनएम रहने छ ।

आधुनिक फिचर लोडेड हुने यस कारमा टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ठूलो टीएफटी इन्ट्रुमेन्ट क्लष्टर, इलेक्ट्रीक सनरुफ, क्लाइमेट कन्ट्रोल, किलेस इन्ट्री जस्ता फिचर उपलब्ध रहने अनुमान गरिएको छ ।


Back_to_top