काठमाडौं । हिन्दूधर्म अनुसार नयाँ सामान खरिद गर्न वा नयाँ काम गर्न साइत हेर्ने चलन रहेको छ । त्यतिमात्र होइन कुन व्यक्तिले कस्तो सामान किन्न लागेको हो उसको राशी अनुसार फाप्ने रङ्ग हेरेर छनौट गर्ने गरेको पाइन्छ ।
नेपाली हिन्दु धर्मावलम्वीहरुको महान चाड तिहार सुरु भइसकेको छ । आज धनतेरसदेखि सुरु भएर भाइटीकासम्म तिहार मनाइन्छ । आज ११ बजे पश्चात धातुका सामान खरिद गर्ने योग रहेको ज्योतिषीहरुले बताएका छन् ।
यहाँ कुन राशी भएका व्यक्तिलाई कुन रङ्गका सवारी खरिद गर्नु उपयुक्त हुन्छ भन्ने कुरा प्रस्तुत गरिएको छ । यद्यपी यसमा ज्योतिषहरुको आ–आफ्नै प्रकारको राय हुने गरेको छ । ज्योतिषहरुको भनाई अनुसार राशी अनुसार भन्दा लग्न अनुसार सवारीसाधनको कलर छनोट गर्दा उपयूक्त हुने गर्छ ।
मेष
मेष राशी भएका व्यक्तिहरुले रातो रङ्गको सवारी किन्नु उपयुक्त मानिन्छ । मेष राशीका लागि यो वर्ष रातो, हरियो र पहेँलो रङ्गसमेत राम्रो मानिएको छ । त्यसैले मेष राशी हुनेहरुले रातो मन नपरेको खण्डमा हरियो वा पहेँलो रङ्गको सवारी पनि खरिद गर्न सक्छन् ।
वृष
वृष राशी हुनेहरुलाई सेतो रङ्गका सवारी उपयुक्त मानिएको छ । सेतो रङ्गका सवारी खरिद गर्दा खतरा कम हुनेछ । त्यस्तै सेतो बाहेक वृष राशी भएकाले हरियो वा सुन्तला रङ्ग पनि शुभ मानिएको छ ।
मिथुन
मिथुन राशी हुनेले सवारी खरिद गर्न चाहेमा हरियो रङ्गको किन्दा उत्तम हुन्छ । हरियो बाहेक रातो, पहेँलो र सेतो रङ्ग पनि मिथुन राशीका लागि उपयोगी मानिएको छ ।
कर्कट
कर्कट राशी हुनेका लागि सेतो र निलो रङ्ग शुभ मानिएको छ । त्यसैले कर्कट राशी हुनेले यो वर्ष गाडी वा मोटरसाइकल किन्दा सेतो वा निलो रङ्गको किन्नु राम्रो मानिएको छ ।
सिंह
सिंह राशी हुनेहरुले सवारी खरिद गर्दा रातो रङ्गलाई प्राथमिकता दिनु राम्रो हुन्छ । यो वर्ष सिंह राशीका लागि रातोसहित गुलावी, पहेँलो र हरियो रङ्ग शुभ मानिएको छ ।
कन्या
कन्या राशी हुनेहरुका लागि हरियो, निलो, रातो र कालो रङ्ग शुभ मानिएको छ । त्यसैले कन्या राशी हुनेहरुले यो वर्ष सवारी खरिद गर्दा हरियो वा निलो रङ्गलाई प्राथमिकता दिनु राम्रो हुन्छ ।
तुला
तुला राशी हुनेहरुले यो वर्ष सवारी खरिद गर्दा सेतो रङ्गको खरिद गर्नु उपयुक्त हुन्छ । यो राशीका लागि सेतो, पहेँलो, खैरो रङ्ग शुभ मानिएको छ ।
वृश्चिक
वृश्चिक राशी हुनेहरुले पनि सवारी खरिद गर्ने हो भने सेतो वा पहेँलो रङ्गको खरिदगर्दा शुभ हुने देखिएको छ । यो राशीका लागि सेतो, पहेँलो, गुलाबी र रातो रङ्ग राम्रो मानिएको छ ।
धनु
धनु राशी हुनेले सवारी किन्ने हो भने गुलाबी वा खैरो रङ्गको किन्दा राम्रो हुनेछ । यो वर्ष धनु राशीका लागि शुभ रङ्गको रुपमा गुलाबीसहित खैरो तथा सुन्तला रङ्ग रहेको छ ।
मकर
मकर राशी भएका व्यक्तिले सवारी खरिद गर्ने हो भने पहेँलो रङ्ग रोज्नु राम्रो मानिएको छ । मकर राशीका लागि यो वर्ष पहेँलोका साथै हरियो, खैरो र गुलाबी रङ्ग शुभ मानिएको छ ।
कुम्भ
कुम्भ राशी हुनेका लागि वर्ष निलो, हरियो तथा पहेँलो रङ्ग शुभ मानिएको छ । त्यसैले कुम्भ राशी हुनेहरुले यो वर्ष सवारी खरिद गर्न चाहेमा निलो रङ्गलाई प्रथमिकता दिनु उपयुक्त हुनेछ ।
मीन
मीन राशी हुनेले सवारी खरिद गर्न चाहेमा रातो रङ्गलाई प्रथमिकता दिँदा राम्रो हुन्छ । यो वर्ष मीन राशीका लागि रातोका साथै पहेँलो तथा गुलाबी रङ्ग शुभ रङ्गको रुपमा रहने छ ।


