नेपालगञ्जमा खोल्यो जीपले नयाँ शोरुम, अन्य स्थानमा ५ शोरुम थप्दै

काठमाडौं । नेपालका लागि जीपको आधिकारिक विक्रेता एमएडब्लू लाइफले नेपालगञ्जमा नयाँ शोरुम संचालनमा ल्याएको छ । गजानन् अटो ट्रेडिङले संचालनमा ल्याएको शोरुम दुई हजार स्क्वायर फिटमा फैलिएको कम्पनीले जनाएको छ ।

पश्चिम नेपालको पहिलो जीप सोरुमको उद्घाटन नेपाल उद्योग वाणिज्य संघ-नेपालगञ्जका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै मन्सुरीले प्रतिष्ठित जीप ब्रान्ड पश्चिम नेपालको अटोमोबाइल बजारमा आउनु कोशेढुंगा भएको बताए ।

त्यसैगरी, एमएडब्लु ग्रुपका प्रमुख महानिर्देशक चिरञ्जीवी शाहले तीन वर्षअघि नेपालमा औपचारिक रुपमा भित्रिएदेखि नै पश्चिम नेपालका ग्राहकले जीप शोरुमको अपेक्षा गरिरहेको र उहाँहरुको अपेक्षा पूरा गर्न पाउँदा निकै खुसी लागेको बताए ।

जीप ब्रान्डको बढ्दो लोकप्रियतालाई ध्यानमा राखेर एमएडब्लु लाइफले देशभर विक्री तथा विक्रीपछिको सेवा सञ्जाल बढाउँदै लग्ने नीति लिएको जनाएको छ । जीपले यस आर्थिक वर्षमा अन्य पाँच अन्य स्थानमा शोरुम र सर्भिस आउटलेट सुरु गर्ने तयारी गरेको छ ।

जीपले ‘रोडसाइड असिस्ट्यान्स’सहित चौबीसै घन्टा र ३६५ दिन सेवा दिइरहेको छ । यो वर्ष चुनौतीपूर्ण बजार अवस्थाका बाबजुत जीपले राम्रो व्यापार गरिरहेको छ ।


Back_to_top