होन्डा कम्पनीले पहिलो हाइब्रिड स्कुटर पीसीएक्स १२५ सार्वजनिक गर्ने भएको छ । कम्पनीले पीसीएक्स १२५ आगामी सेप्टेम्बरमा सार्वजनिक गर्ने आधिकारिक जानकारी दिएको हो ।
यो स्कुटरमा १२५ सीसी, फ्यूल इन्जेक्टेड सिङ्गल सिलिन्डर दिइएको छ । यसले, १२ बीएचपी पावर उत्पादन गर्छ । त्यस्तै, यसमा लगाइएको इलेक्ट्रीक मोटरले ४८ भोल्टले लिथियम ब्याट्रीबाट पावर लिन्छ भने दुई बीएचपी पावर उत्पादन गर्छ ।
स्कुटर स्टार्ट गरेको चार सेकेन्डसम्म यसको इलेक्ट्रीक मोटर सक्रिय हुने गर्छ । यसले स्कुटरलाई स्पीड दिनेछ भने पेट्रोल मोटरमा लोड कम पर्छ । साथै, इन्धनका खपत गर्न मद्दत पुर्याउने कम्पनीले जनाएको छ । होन्डाले स्कुटरमा एलईडी हेडल्याम्प्स दिइएको छैन । ब्याट्री सिटको मुनि प्लेस लगाइएको छ ।
कम्पनीले २०१८ मा भारतमा आयोजित अटो एक्स्पोमा स्कुटरको पूmल इलेक्ट्रीक भर्जन सार्वजनिक गरेको थियो । कम्पनीले स्कुटरको पहिलो पेट्रोल मोडल २०१४ को अटो एक्स्पोमा लञ्च गरेको हो ।

