एफआइएको अध्यक्षमा सुलेयाम निर्वाचित, वर्ल्ड काउन्सिलमा नेपालको प्रबेश

काठमाडौं । विश्वकै एकमात्र अटोमोवाइल संगठन फेडेरेसन इन्टरनेसनल डे अटोमोवाइल (एफआइए) को साधारण सभाले युनाइटेड अरब इमिरेट्सका मोहमद बेन सुलेयामलाई नयाँ अध्यक्ष चुनेको छ । लगातार १२ वर्ष नेतृत्व गरेका जेन टोडलाई सुलेयामले विस्थापन गरेका हुन् ।

नेपालले पनि पहिलो पटक फेडेरेसन इन्टरनेसनल डे अटोमोवाइलको कार्यसमितिमा स्थान बनाएको छ । जसमा नासा नेपालका गोबिन्द भट्टराई चयन भएका हुन् । विश्वका १५० भन्दा ज्यादा देशमा र करोडौं सदस्य रहेको फेडेरेसन इन्टरनेसनल डे अटोमोवाइल विश्वको अग्रणी मोटरिङ्ग संस्था हो । यसले मुलत मोटरस्पोर्ट्स, अटोमोवाइल मोबिलिटी एण्ड ड्राइभ टुरिजम, रोड सेफ्टी एण्ड सस्टेनेबिलीटी, ई भेहिकल तथा इनोभेसनमा विश्वब्यापी तालिम तथा लबिङ्गको कार्य गर्दै आएको छ ।

प्रत्येक ४ वर्षको कार्यकाल रहने एफआइएको लागि यस वर्ष निर्वाचन समेत भयो । निर्वाचनमा मुलत मोटर स्पोर्ट्स, मोबिलिटी र टुरिजम, रोड सेफ्टी, गाडी निर्माताहरु फर्मुला वान र अन्य इभेन्ट, ड्राइभरहरु, इभेन्ट अर्गनाइजर, नागरिक संगठन, महिला र अपाङ्गता क्षेत्र, आइएनजिओ र वातावरण लगायतका क्षेत्रमा क्रियाशील व्यक्तित्वहरु उम्मेद्वार रहेका थिए ।


Back_to_top