एक करोड ७० लाख मूल्यसहित नेपाल आयो कियाको हाइब्रिड एसयूभी

काठमाडौं । कियाको पहिलो हाइब्रिड एसयूभी सोरेन्टो नेपालमा विक्री सुरु भएको छ । कियाको आधिकारीक वितरक कन्टिनेन्टल ट्रेडिङले १ करोड ६९ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर यसको विक्री सुरु गरेको हो ।

किया सोरेन्टो हाइब्रिड ७ सिट क्षमता फुल साइज एसयूभी हो । कम्पनीले यसमा १.६ लिटरको टिजिडिआई टर्बो पेट्रोल इन्जिन र ४४.२ किलोवाटको इलेक्ट्रो म्याग्नेटीक मोटर दिएको छ । यसमा व्याट्री भने १.४९ किलोवाट आवर क्षमताको छ ।

सुरक्षाको हिसावले पनि यो एसयूभी निकै उत्कृष्ट रहेको छ । यस ७ एयरब्याग, लेन किपिङ सिस्टम, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, ट्र्याक्सन कन्ट्रोल सिस्टम, स्मार्ट क्रुज कन्ट्रोल, सराउन्ड भ्यू मोनिटर, लेन फलोइङ असिस्ट लगायतका थुप्रै आधुनिक फिचर पाउन सकिन्छ ।

किया सोरेन्टोले बाह्य र भित्री सुविधाहरूको कमान्डिङ लाइनहरू पनि प्रदान गर्दछ । यसको अगाडिको छेउमा फराकिलो स्विपिङ ग्रिल र एलइडी लाइटको प्रयोग यसमा भएको छ ।

सोरेन्टोमा १२.३ इन्चको अल-डिजिटल इन्सट्रुमेन्ट क्लस्टर, ब्लाइन्ड भ्यू मनिटर टेक्नोलोजी, नाप्पा लेदर सिट, मुड ल्याम्प, हेड अप डिस्प्ले, भेन्टिलेटेड इलेक्ट्रीक सिट जस्ता फिचरले सोरेन्टोलाई विलासी एसयूभी बनाएको छ ।

नेपाली बजारमा रनवे रेड, ग्रेभिटी ब्लु, स्नो ह्वाइट पर्ल, अरोरा ब्ल्याक पर्ल र स्टिल ग्रे गरी पाँच फरक कलर भेरियन्टमा यो गाडी उपलब्ध छ ।


Back_to_top