काठमाडौं । विद्युतीय गाडीको बजार माग बढेसँगै एकपछि अर्को कार नेपाल आइरहेका छन् । यस्तो विद्युतीय सवारी साधन मात्रै विक्री गर्दै आइरहेको दिगो ग्रुपले नयाँ इलेक्ट्रीक ह्याचव्याक कार ‘इ९’ मोडल अबको दुई महिना भित्रै नेपाल ल्याउने भएको हो ।
‘अहिले विक्री गर्दै आएको इ८ अन्य ह्याचव्याक जस्तै देखियो । त्यसैले कम्पनीले पूर्ण इलेक्ट्रीक डिजाइन फिल दिने इ९ मोडल ल्याउने तयारी गरेको छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
कम्पनीले नयाँ इ९ मोडल नेपाल आउने भनेपनि त्यसमा रहने व्याट्री, मोटर, साइज लगायतका विषयमा कुनै जानकारी दिएको छैन ।
नेपालमा विद्युतीय सवारी साधन विक्रीमा आफुलाई आक्रमक रुपमा अगाडि लगिरहेको दिगोले अहिले इ८, विद्युतीय माइक्रोबस, विद्युतीय ठूला बस, इलेक्ट्रीक भर्सनमा जेएसी डबल क्याब पीकअप र एक टनसम्म कार्गो बोक्न सक्ने कार्गो पीकअप विक्री गर्दै आएको छ ।
कम्पनीले अहिले इ८ मोडलको कार २१ लाख ५० हजार हाराहारी मूल्य राखेर विक्री वितरण गर्दै आएकोले नयाँ आउने कार पनि २५ लाखभन्दा माथि नपर्ने हाम्रो अनुमान हो ।

