वायुसेवा निगमका दुबै वाइडबडी जहाज काठमाडौंमा, ब्यवसायीक उडानको प्रतिक्षा

काठमाडौं । नेपाल वायु सेवा निगमको दोस्रो जहाज  ‘मकालु’ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको छ । एयरबस-३३० नेपाल आएको हो । 

यसअधि पहिलो जहाज एयरबस ३३०-२०० अन्नपूर्ण असार १४ गते नेपाल आएको थियो । नयाँ जहाज मकालु आज बिहान त्रिभुवन विमानस्थलमा अबतरण गरेको हो । विमान निर्माण भएको फ्रान्सको तुलुज शहरबाट करीब नौ घण्टाको उडानपछि अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारसहितको टोली विमानमा आएका हुन् । 

निगम उच्च स्रोतका अनुसार विहिवारसम्म एयरबस ३३०-२००ले उडान अनुमतिपत्र (एओसी)पाउनेछ। जहाजले काठमाडौं–नयाँदिल्ली प्रुभिङ फ्लाइट गरिसकेको छ।

अबको केही दिनमा पहिलो जहाजले ब्यवसायीक उडान भर्ने जानकारी निगमले दिएको छ । 


Back_to_top