काठमाडौं । आगामी हप्ता टाटाले बजारमा तेस्रो विद्युतीय कार विक्री सुरु गर्ने तयारी गरेको छ । कम्पनीले यसअघि नेक्सन र टियोर इलेक्ट्रीक भर्सनमा विक्री गर्दै आएको थियो ।
टाटाले यसअघि बजारमा ल्याएको नेक्सन अहिले भारत र नेपालमा गरेर मासिक ३ हजार ५०० यूनिट विक्री हुँदै आएको छ । कम्पनीले मासिक १०० यूनिट हाराहारीमा इभी नेपाल पठाउन थालेको छ ।

अप्रिल २९ तारिखमा नयाँ इभी सार्वजनिक गर्न लागेको कम्पनीले कुन मोडल ल्याउन लागेको हो भन्ने विषयमा कुनै जानकारी नदिएपनि यसअघि कर्भ इभीको कन्सेप्ट देखाएकोमा अब भने अल्ट्रोज इभी सार्वजनिक गर्न लागेको अनुमान गरेका छन् । अल्ट्रोज इभी नेक्सन इभीको तुलनामा कम मूल्यमा आउने अपेक्षा गरिएको छ ।
टाटाले सन् २०२० को अटो एक्सपोमा अल्ट्रोज इभीको कन्सेप्ट देखाएको थियो । यदि यसलाई चाँडै सार्वजनिक गर्ने हो भने नेपालमा प्रिमियम ह्याचव्याक सेग्मेन्टको पहिलो इभीको रुपमा बजारमा आउने छ ।
नेक्सनकोभन्दा केही कम रेन्जमा आउने अनुमान गरिएको अल्ट्रोजले सिंगल चार्जमा २५० किलोमिटर रेन्ज दिने अनुमान गरिएको छ । कम्पनीले यसमा समावेस गरिएको फिचर बारे आधिकारीक जानकारी भने अहिलेसम्म दिएको छैन ।

