काठमाडौं । यामाहा मोटरसाइकलको आधिकारीक विक्रेता एमएडब्लू इन्टरप्राइजेजले कम डाउन पेमेन्टमा पनि ब्याज नलाग्ने स्कीममा मोटरसाइकल दिने भएको छ । कम्पनीले यसअघि ५० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकलाई मात्रै दिदै आएको ब्याज नलाग्ने स्कीम अब ४० प्रतिशत डाउन पेमेन्ट बुझाउने ग्राहकले पनि पाउने छन् ।
यो स्कीम अन्तर्गत यामाहाका एफआई मोटरसाइकलहरु मासिक किस्ता १० हजार ५३० रुपैयाँदखि खरिद गर्न सक्नेछन् । त्यस्तो किस्ता १८ महिनामा तिरिसक्नु पर्ने हुन्छ । कम्पनीले यो स्कीम एफजेड सिरिजमा दिएको छ ।
यामाहाको लो डाउन पेमेन्ट तथा शून्य प्रतिशत ब्याजदरमा यामाहा एफजेड भी २ मोटरसाइकल खरिद गर्दा १ लाख २६ हजार ३६० रुपैयाँ डाउन पेमेन्ट गरेर खरिद गर्न सक्नेछन् । डाउन पेमेन्ट बाहेक बाँकी रकम ग्राहकले १८ महिनाको किस्तामा हरेक महिना १० हजार ५३० रुपैयाँका दरले बुझाउनु पर्ने हुन्छ ।
यामाहा एफजेड सिरिजको सबैभन्दा कम मूल्यको यो मोटरसाइकलको मूल्य ३ लाख १५ हजार ९०० रुपैयाँ रहेको छ ।

यस्तो छ मोटरसाइकल
यामाहा एफजेड भी २ मा १४९ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १३.१ पीएस पावरका साथै १२.८ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यो मोटरसाइकलको फ्रन्टमा मोनोशक सस्पेन्सन रियरमा मोनोक्रस सस्पेन्सन पाउन सकिन्छ । यसमा सिंगल डिस्क अप्सन मात्र उपलब्ध रहेको छ । यो मोटरसाइकलमा १२ लिटर क्षमताको इन्धन ट्याङ दिइएको छ ।

