जुन १६ तारिखमा सार्वजनिक हुँदै ‘हुन्डाई भेन्यू फेसलिफ्ट’

काठमाडौं । हुन्डाईको आफ्नो सफल सब फोर मिटर एसयूभी भेन्यूको फेसलिफ्ट मोडल आगामी जुन १६ तारिखमा भारतीय बजारमा सार्वजनिक हुने भएको छ । कम्पनीले यसको लागि तयारी पुरा गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

भारतीय प्लान्टमा उत्पादन भएको भेन्यू नेपाली बजारमा पनि राम्रो संख्यामा विक्री हुँदै आएको छ । हुन्डाईले मे, २०१९ मा सार्वजनिक गरेको सब फोर मिटर एसयूभी अहिले पनि वेष्ट सेलिङ मोडल मध्यको एक हो ।

मिडलाइफ परिवर्तन भएकाले नयाँ भेन्यूको इन्टेरियरमा धेरै परिमार्जन हुने अनुमान गर्न सकिदैन । यद्यपि, एक्सटेरियरमा भने निकै ठूलो परिवर्तन देख्न सकिने छ । यसको अगाडिको ग्रिल र पछाडिको बम्पर, अलोय ह्वील र टेललाइटमा व्यापक परिवर्तन देख्न सकिन्छ ।

अहिलेसम्म सार्वजनिक भएको तस्विरलाई आधार मान्ने हो भने, यसको हेडलाइटमा परिवर्तन हुने छैन । गाडीको साइड प्रोफाइलमा पनि कुनै परिवर्तन हुने छैन । तर, आधुनिक फिचर थप भएर भने आउने छ । किनकी नेक्सन, ब्रेजा जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न हुन्डाईले फिचर थप गर्न सक्नेछ ।

कम्पनीले यसको इन्जिनमा पनि कुनै परिवर्तन गर्ने छैन । भेन्यूमा तीन इन्जिन अप्सन र तीन गियरबक्स अप्सन दिइएको छ । १.० लिटर टर्बो, १.२ नेचुरल्ली एस्पीरेटेड पेट्रोल र १.५ लिटर टर्बो डिजेल इन्जिन अप्सन उपलब्ध हुनेछ ।


Back_to_top