काठमाडौं । होन्डाले चार मिटरभन्दा छोटो एसयूभी सेग्मेन्टमा ल्याउने एसयूभीमा हाइब्रिड इन्जिन रहने छ । कम्पनीले यसलाई १.२ लिटर हाइब्रिड पेट्रोल र १.५ लिटर डिजेल इन्जिनमा ल्याउने छ ।
होन्डाले आफ्नो नयाँ एसयूभीको नाम राखिसकेको छैन । तर, आउने नयाँ एसयूभीले मारुती सुजुकी ब्रेजा, हुन्डाई भेन्यू, टाटा नेक्सन, महिन्द्रा एक्सयूभी ३०० र किया सेल्टोस जस्ता एसयूभीसँग सिधा प्रतिस्पर्धा गर्ने छ ।
होन्डा विश्वब्यापी कर निर्माणमा अब्बल कम्पनी हो । यस्तोमा धेरै जनसंख्या रहेको दक्षिण एशियाली बजारलाई ध्यानमा राख्दै कम्पनीले नयाँ एसयूभी बजारमा ल्याउन लागिरहेको छ । कम्पनीले सन् २०२३ को सुरुमा नै नयाँ एसयूभी बजारमा ल्याउने छ ।
मारुती सुजुकीले ब्रेजालाई फिचर लोडेड गरेर बजारमा ल्याएको समयमा अन्य ब्राण्डलाई यही सेग्मेन्टमा आउने गाडीमा थप फिचर दिनु पर्ने बाध्यता रहेको छ । यस्तोमा होन्डाले नयाँ एसयूभीमा कस्ता फिचर दिएर ल्याउँछ, त्यो भने हेर्न बाँकी नै रहेको छ । यद्यपि, अहिलेसम्म सार्वजनिक भएका रिपोर्ट अनुसार यसमा होन्डा सिटीबाट प्रेरित क्याविन हुनेछ ।
होन्डाले नयाँ एसयूभीमा अटोमेटीक क्लाइमेट कन्ट्रोल, स्टेरिङ माउन्ट कन्ट्रोल, ठूलो इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल क्लष्टर, पुस बटम स्टार्ट, कनेक्ट कार टेक जस्ता फिचर प्रदान गर्ने अनुमान गरिएको छ ।

