काठमाडौं । केटीएमको आधिकारीक वितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्रालिले २०२२ मोडल केटीएम आरसी २०० विक्री सुरु गरेको छ । कम्पनीले केही दिन अघि आरसी २०० सार्वजनिक गरेको हो ।
केटीएम आरसी २०० को मूल्य ६ लाख ७४ हजार ९०० रुपैयाँ निर्धारण गरिएको छ । नयाँ भर्सनको मूल्य १५ हजार रुपैयाँले वृद्धि भएको हो ।
२०२२ भर्सन आरसी २०० को ग्राफिकमा ब्यापक परिर्वतन देख्न सकिन्छ । नयाँ भर्सनमा कम्पनीले एड्जस्टेवल ह्यान्डलबार, नयाँ एलसीडी क्लष्टर, नयाँ डिजाइन एलइडी हेडल्याम्प तथा वीन सिल्ड दिइएको छ । केटीएमले यसको इन्जिनमा भने कुनै परिर्वत गरेको छैन ।
यो बाइकमा १९९ सीसीको लिक्विड कुल्ड, सिगंल सिलिन्डर एफआई इन्जिन रहेको छ । उक्त इन्जिनले १० हजार आरपीएममा २५ पीएस तथा ८ हजार आरपीएममा १९.२ एनएम टर्क जेनेरेट गर्छ ।
यस बाइकमा ६ स्पीडको गियर बक्स रहेको छ । फ्रन्टमा २८० एमएम र पछाडि २४० एमएमको डिस्क ब्रेक उपलब्ध छ ।
बाइकमा फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ । ट्वीन पड प्रोजेक्टर हेडल्याम्प, फ्रन्टमा अपसाईड डाउन फ्रक र रियरमा मोनोसक रहेको छ । यो मोटरसाइकलले यामाहा आर-१५ भी४ तथा आर १५ एमसँग प्रतिस्पर्धा गर्नेछ ।

