काठमाडौं । फक्सवागनको नेपालक लागि आधिकारिक बिक्रेता पूजा इन्टरनेसनल नेपालले ‘फक्सवागेन मनसुन एक्सचेन्ज’ अफर सार्वजनिक गरेको छ । यही साउन २० गतेदेखि सुरू हुने गरी फक्सवागन मनसुन एक्सचेन्ज योजना ल्याएको हो ।
यो योजनामा ग्राहकले आफुसंग भएको पुरानो गाडीलाई साटेर फक्सवागेनको नयाँ गाडी खरिद गर्न सक्नेछन् । यो योजनामा (आज) शुक्रबारदेखि लागु हुने गरी देशव्यापी रूपमा संचालनमा आएको कम्पनीले जनाएको छ ।
सो एक्सचेन्ज योजनामा ग्राहकहरुले आफ्नो कुनै पुरानो गाडी साटेर जर्मन प्रविधिबाट निर्मित फक्सवागनका नयाँ गाडी घर लैजान पाउनेछन्।
यसका साथै, योजना अवधिभर ग्राहकहरुले विभिन्न अतिरिक्त सुविधाहरु पनि प्राप्त गर्न सक्नेछन्। जसमा सहज फाइनान्स, ४८ घन्टा अवधिका लागि उत्कृष्ट मूल्याङकन, ५० हजार बराबरको एक्सेसरिज, विशेष लोयल्टी बोनस, लगायतका सेवाहरु प्रदान गरिने कम्पनीले जनाएको छ।
यसका साथै कम्पनीले एक रोमाञ्चक अफर पनि घोषणा गरेको छ जस अनुसार नेपालभर रहेका फक्सवागनका कुनै पनि शोरुममा आउने ग्राहकहरू मध्येबाट भाग्यशाली विजेताले लक्जरी रिसोर्टमा होलिडे प्याक जित्न सक्नेछन्।
हाल नेपालमा फक्सवागनका पोलो, भेन्टो, टाइगुन र अलस्पेस भेरियन्टहरू देशभर रहेका फक्सवागनका शोरूमहरूमा उपलब्ध छन्।


