काठमाडौं । भारतीय बजारमा आफ्नो बजार विस्तार गर्ने उद्देश्यले टु ह्वीलर निर्माण कम्पनी डुकुटी र हिरोले सहकार्य गर्ने भएका छन् ।
अन्तर्राष्ट्रि मिडिया रिपोर्टको अनुसार, यी दुईबीचको सहकार्यमा नयाँ ३०० सीसीको मोटरसाईकल उत्पादन गरिने छ ।
केही समय अघि बजाज र केटीएमले एकआपसमा सहकार्य गरेका थिए । त्यसबाट निकै राम्रो नतिजा देखिएपछि हिरो र डुकाटीले सहकार्य गर्न लागेका हुन् ।
हिरो भारतकै सबैभन्दा धेरै मोटरसाइकल बिक्री गर्ने कम्पनी हो भने डुकाटी इटलियन कम्पनीको महंगा मोटरसाइकल निर्माण गर्ने कम्पनी हो ।
त्यस्तै भारतमा टीभीएस र बीएमडब्ल्यू मोटरराडबीच पनि सहकार्य भएको हुँदै आएको छ । यी दुईको सहकार्य विश्व बजारमा निकै चर्चित रहेको छ ।
भारतमा बाइकको निकै ठुलो बजार रहेको र भारतीय कम्पनीसँग सहकार्य गर्दा आफुलाई निकै ठुलो फाइदा हुने आँकलनसहित डुकाटी हिरोसँग सहकार्य गर्न लागेको कुरा बुझन गाह्रो छैन ।
भविष्यमा हार्ले-डेभिडसनले सानो क्षमताको मोटरसाईकल हटाउने सम्भावना बढेसँगै हिरो र डुकाटीले नयाँ प्लेटफर्म निर्माणका लागि सहकार्य गर्ने चर्चा सुरु भएको हो ।
प्रिमियम बजारमा हिरो मजबुत बन्नका निम्ति पनि डुकाटीसँगको सहकार्य प्रभावकारी हुने अनुमान गरिएको छ । यसका साथै स्थानीय बजारमा हिरो र डुकाटी बिचको सहकार्यले फाईदा दिने छ ।
मिडिया रिपोर्टका अनुसार, यी दुईले बनाउने नयाँ मोडलको मोटरसाईकलमा सिंगल सिलिन्डर लिक्विड कुल्ड फ्युल इन्जेक्टेड इन्जिन दिइने छ । जसमा डुकाटी र हिरोको सहकार्यले पुरानो ३०० सीसीको मोटरसाईकललाई विस्थापन गर्र्दै नयाँ मोटरसाईकलको विकास गर्ने छ ।
डुकाटी र हिरोको सहकार्यले नयाँ मोडलको मोटरसाईकल निर्माण गर्ने छ । यस मोटरसाईकलमा कम महँगो स्क्रेम्बल श्रृंखलाबाट डिजाईन लिनेसमेत अनुमान गरिएको छ । बजारमा यसले बीएमडब्ल्यू जी ३२० आर र जी ३२० जी एस मोटरसाईकलसँग प्रतिस्पर्धा गर्ने छ ।
डुकाटीले लो कस्ट मोडलको बाइकको मूल्य २ लाख भारतीय रुपैयाँ अर्थात् ३ लाख २० हजार पर्ने अनुमान गरिएको छ ।

