काठमाडौं । हंसराज हुलासचन्द एण्ड कम्पनीले नेपालमा बजाज म्याक्सीमा–सीको बिक्री बितरण सुरु गरेको छ । यो बजाजको थ्रि ह्वीलर अटो रिक्सा हो ।
बजाजको म्याक्सीमा–सी पेट्रोल भेरियन्टमा उपलब्ध रहेको छ । यसमा २३६ं२ सीसीको फोर स्ट्रोक इन्जिन दिइएको छ, जसले ४५०० आरपीएममा १०.५ पीएस पावर र ३५०० आरपीएममा १९ एनएमको टर्क उत्पादन गर्छ । कम्पनीले यसको विक्री भित्री सहरी क्षेत्रमा सामान ओसार पसार गर्ने प्रयोजनको लागि हुने जनाएको छ ।
१२ लिटरको फियुल ट्याङ्की रहेको अटो रिक्साको लम्बाई २१२० एमएम रहेको छ । यसमा उच्च ग्राउन्ड क्लियरेन्स १९३ एमएम रहेको छ । एकपटकमा यसले ५१५ केजीसम्म सामान ओसार प्रसार गर्न सक्ने छ ।
ग्यास सिलीन्डर, सिमेन्ट, पेयपदार्थ, कार्टूनप्याक तथा घरायसी खाध्यान्न बोक्न यसको प्रयोग गर्न सकिने छ ।
बजाजको म्याक्सीमा–सी शक्तिशाली, आरामदायी र कमखर्चीलो तीन पाङ्ग्रे सवारी साधन भएको हंसराज हुलासचन्द एण्ड कम्पनीका डाइरेक्टर अभिमन्यु गोल्छाले जानकारी दिए । नेपाली बजारमा यसको मूल्य ५ लाख ९९ हजार ९०० रुपैयाँ तोकिएको छ ।


