इलेक्ट्रीक स्कुटर पड्किदा ८ जनाको मृत्यु, ११ जना घाइते

काडमाडौं । भारतीय इलेक्ट्रीक स्कुटरमा आगो लागीका घटना सामान्य जस्तै भइसकेको छ । पछिल्ला दिनहरुमा भारतका विभिन्न सहरहरुमा इलेक्ट्रीक स्कुटरमा आगो लागेका घटना बाहिर आइरहेका छन भने पछिल्लो ६ महिनामा ७ जनाभन्दा धेरैले ज्यान गुमाएका छन् ।

साेमबार मात्रै भारत तेलंगनाको सिकन्दर नगर स्थीत एक इलेक्ट्रीक स्कुटरको शोरुममा नै आगो लागेको घटना बाहिर आएको छ । उक्त घटनामा एकै पटक ८ जनाको मृत्यु र ११ जना घाइते भएको भारतीय मिडियाले जनाएको छ । शोरुममा रहेको इलेक्ट्रीक स्कुटर चार्ज गर्ने क्रममा स्कुटरमा आगो लागेको बताइएको छ ।

यो घटना प्रति चिन्ता ब्यक्त गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदन प्रकट गर्दै मृतकका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

८ जनाको ज्यान जानेगरि कुन स्कुटरमा आगो लागेको भनेर बाहिर आएको छैन् ।

भर्खरै बढ्दै गरेको इलेक्ट्रीक बजारलाई यो घटनाले एक पटक फेरी झस्काएको छ ।

यसअघि विभिन्न समयमा पटक पटक ओला, ओकिनवा, प्योरईभी, हिरो इलेक्ट्रीक, अथर इनर्जि जस्ता ब्रान्डका स्कुटहरुमा आगो लागेको घटना भइसकेका छन् ।

भारत सरकारले विभिन्न समयमा इलेक्ट्रीक स्कुटर निर्माता कम्पनीहरुलाई चेतावनीसमेत दिँदै आएको छ । हालै मात्र इलेक्ट्रीकमा भएको घटनालाई छानविन गर्न गठन गरिएको छानविन समितीले जारी गरेको प्रारम्भिक रिपोर्टले ब्याट्रीका कारण आगो लागेको जनाइएको छ ।


Back_to_top