मुख्यतः नेपाली बजारमा भारतमा बनेका कारकै बजार हिस्सा सबैभन्दा बढी रहेको छ । भारतीय कम्पनी होस् वा अन्य देशका सवारीसाधन ति पनि नेपाली बजारमा बिक्री हुन भारतमा नै उत्पादन भएको हुनु पर्छ ।
भारतीय बजारमा उत्पादन भएका सवारीसाधनमा धेरैको रोजाईमा पर्नुको मुख्य कारण पार्टसको सहज उपलब्धतादेखि अन्य धेरै कारण रहेका छन् । यस्तोमा भारतीय बजारमा कस्ता कारहरु आउँदै छन् भन्ने चासो हुनु स्वभाविक हो । अबको एक वर्षभित्र आउने साना आकारका कारहरूको सूची यस्तो छ ः
१. नेक्ट जेनरेशन मारुती सुजुुकी वागेन–आर

मारुती सुजुकीको बहुप्रतिक्षीत मोडल वागेन–आर यही वर्षको नोभेम्बरमा सार्वजनिक हुनेछ । आधुनिक कारको प्लाटफर्ममा आधारित ह्याचब्याक मोडल वागेन–आरमा १.० लिटर थ्री–सिलिन्डर पेट्रोल इञ्जिन दिइएको छ ।
यो इञ्जिनले ६७ बीएचपी पावरकासाथै ९० एनएम टर्र्क उत्पादन गर्छ । आक्रामक लुक्स र सस्तो मूल्यमा सार्वजनिक हुने यो मोडलको इञ्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ भने अप्सनल एमटी विशेषता दिइएको छ ।
२. मारुती बलेनो फेसलिफ्ट

मारुती सुजुकीको प्रिमियम ह्याचब्याक बलेनो फेसलिफ्ट भर्सनमा सार्वजनिक हुने भएको छ । स्टाइलिस लुक्समा निर्माण भएको मोडलमा १.५ लिटर डिजेल इञ्जिन लगाइएको छ । यसलाई फियातमा लगाइएको १.३ लिटर मोटरले रिप्लेश गर्न सक्नेछ ।
३. न्यू हुन्डाई स्यान्ट्रो

हुन्डाईले २०१८ को अक्टोवर अन्त्यसम्ममा सेन्ट्रो कारलाई सार्वजनिक गर्ने योजना बनाएको छ । उत्कृष्ट इञ्जिन, बनावट तथा स्पेश इन्टेरियरजस्ता विशेषताका रहेको सेन्ट्रोको डिजाईन ‘आर एन्ड डी’ सेन्टर हैदरावादले गरेको हो ।
हुन्डाई स्यान्ट्रोमा १.१ लिटर आरआरडीई र १.२ लिटर कप्पा पेट्रोल इञ्जिन दिइएको छ । इञ्जिनमा पाँच स्पीड म्यानूअल गियरबक्स लगाइएको छ ।
४. हुन्डाई ग्रान्ड आई–१०

कोरियाको कार निर्माता कम्पनी हुन्डाईले २०१९ मा ग्रान्ड आई–१० सार्वजनिक गर्ने घोषणा गरिसकेको छ । २०१९ ग्रान्ड आई–१० मा फ्रेश डिजाइन अपग्रेड्स हुनेछ, जसमा यूथ कनेक्ट, टल बडी स्टाइलिङ्ग एलिमेन्ट यथावत् राखिएको छ । एन्टिरियरमा नयाँ ड्यूलटोन अपहोलस्ट्री तथा टचस्क्रिन इन्फोनेन्ट सिस्टम दिइएको छ ।
सुरक्षाको हिसाबले यसमा ड्यूल फ्रन्ट एयर ब्याग, एबीएसलगायतका फिचर दिइएको छ । यसमा १.२ लिटर कापा इञ्जिन लगाइएको छ, जसले ८१ बीएचपी पावरका साथै ११४ न्यूटन मिटर टर्क उत्पादन गर्छ । डिजेल भर्जनअन्तर्गत १.२ लिटरको तीन सिलिन्डर इञ्जिन लगाइएको छ । यसले ७४ बीएचपी पावरकासाथै एक सय ९० न्यूटन टर्क उत्पादन गर्छ । दुबै भर्जनमा पाँच स्पीड म्यानूअल गियरबक्स दिइएको छ । पेट्रोल भर्जनमा चार स्पीड अटोमेटिक ट्रान्समिसनको विकल्प दिइएको छ ।
५. २०१८ फक्वास्वागेन पोलो

जर्मन कम्पनी फक्सवागेनले निर्माण गरेको बहुप्रतिक्षी मोडल २०१८ फक्सवागेन पोलो यो वर्षको अन्त्यमा सार्वजनिक हुनेछ । हुन्डाई इलाइट आई–२०, मारुती सुजुकी बलेनोलगायतका मोडलसँग प्रतिस्पर्धा उत्रले अनुमान गरिएको २०१८ फक्सवागेन पोलोमा १.५ लिटर टीएसआई पेट्रोल इञ्जिन, १.० लिटर पेट्रोल युनिट र १.६ लिटर टीडीआई डीडीआई डिजेल इञ्जिन लगाइएको छ । यसमा अन्य कारमा जस्तै आधुनिक सुविधा दिइएको छ ।
६. टाटाको ह्यारीएर

टाटा मोट्र्सको लेटेस्ट कन्सेप्टमा आधारित प्रिमियम ह्याचब्याक कार एक्स–४५ २०१८ को अटो–शोमा देखाइएको थियो । यो कार २०१९ को फेस्टीभल सिजनमा लञ्च हुनेछ । यो कन्सेप्ट कारको डिजाइन कोड एक्स–४५ दिइएको छ । टाटाको यो कार उसको फ्यूचरिस्टीक डिजाइन कन्सेप्टमा हुनेछ, जुन नयाँ इम्प्याक डिजाइन २.० फिलोसोफीमा आधारित रहेको छ ।
टाटा एक्स–४५ नयाँ एड्भान्स मोडल प्ल्याटफर्मको बेसमा निर्माण हुनेछ, जसलाई आजकल अल्फा बेस पनि भनिन्छ । यसमा टाटा नेक्सनमा प्रयोग भएकै पेट्रोल र डिजल इञ्जिन प्रयोग हुने अनुमान गरिएको छ । पेट्रोलमा १.२ लिटरको तीन सिलिन्डर टर्बोचार्जर्ड इञ्जिन हुनेछ भने डिजेलमा १.५ लिटरको चार सिलिन्डर पावरपूmल इञ्जिन हुनेछ । ट्रान्समिसनमा टाटाले अटोमेटिक तथा म्यानूअल दुबै भेरियन्टमा ल्याउनेछ । यसको कन्सेप्टको साइज ४२५३ एमएम भए तापनि उत्पादन भने थोरै सानो चार मिटरको साइजमा हुने जनाइएको छ ।
७. २०१८ ड्याट्शन–गो

ड्याट्शन–गो फेसलिफ्ट २०१८ मा सार्वजनिक हुने सानो कारको लिस्टमा परेको छ । यसमा न्यू बम्पर, अपडेटेड हेडल्याम्पस, एलईडी डीआएलएस, बोल्डर ग्रिल लगाइएको छ । साथै, सुरक्षालाई मध्यनजर गर्दै एयर ब्याग लगाइएको छ भने, स्पीड लिमिड रिम्यान्डर जडान गरिएको छ । यसमा लगाइएको १.२ लिटर इञ्जिनले ७८ पीएस पावर उत्पादन गर्छ ।
८. २०१८ फोर्ड फिगो फेसलिफ्ट

फोर्ड इन्डियाले आगामी दिवालीलाई मध्यनजर गर्दै फोर्ड फिगो फेसलिफ्ट सार्वजनिक तयारी गरेको छ । यो कारमा एसवाईएससी इन्फोनेन्ट सिस्टम लगाइएको छ भने एप्पल कार–प्लेको विशेषता दिइएको छ । अत्याधुनिक विशेषतासहित निर्माण भएको यो कार एग्रेसिप मूल्यमा आउने आँकलन गरिएको छ । यसमा १.२ लिटर पेट्रोल इञ्जिन लगाइएको छ ।
९. टाटा टियागो जेटीपी

टाटा मोटर्सको पफरर्मेन्स कार टियागो ह्याचब्याक आगामी १२ महिनाबीच सार्वजनिक हुनेछ । यसमा १.२ लिटर टर्बाेचाज्र्ड पेट्रोल इञ्जिन लगाइएको छ, जसले ११० पीएस पावरकासाथै १५० एनएम टर्क उत्पादन गर्छ । स्पोर्टी लूकमा निर्माण भएको जेटीपीले भारतीय बजारमा राम्रो स्थान पकड्ने कम्पनीको दाबी छ ।
१०. टाटा टिगोर–ईभी

अटो एक्स्पो–२०१८ मा सार्वजनिक गरिएको इलेक्ट्रीक भेरियन्ट टाटा टिगोर अर्काे महिना सार्वजनिक हुनेछ । टाटा टिगोर–ईभी टाटा मोटर्स युरोपियन टेक्निकल सेन्टरले निर्माण गरेको हो ।
यसमा ३० किलोवाटको इलेक्ट्रीक मोटर लगाइएको जसलाई २१६ एच–ब्याट्रीले पावर सप्लाई गर्ने गर्छ । कारको टपस्पीड क्षमता १ सय ३० किलोमिटर रहेको कम्पनीले दाबी गरेको छ । साथै, न्यूनतम १०० किलोमिटरको रफ्तारमा चल्ने यसको ब्याट्री ९० मिनेटमा ८० प्रतिशत चार्ज हुनेछ ।

