काठमाडौं । याडियाका इलेक्ट्रीक स्कुटरमा ग्राहकले नगद छुट पाइने भएको छ । याडिया इलेक्ट्रीकको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी कुजु नेपालले फिफा विश्वकप २०२२ को अवसरमा नगद छुटको स्कीम ल्याएको हो ।
यो स्कीम अन्तर्गत ग्राहकले हरेक याडिया स्कुटरको खरिदमा २० हजार रुपैयाँ छुट पाउने छन्।
योसँगै तीनजना ग्राहकले विशेष पुरस्कार पाउने छन्। जसमा पहिलो हुनेले एलजीको यूएचडी फोरके टीभी, दोस्रो हुनेले एलजीकै एलईडी टीभी र तेस्रो हुनेले एजलीको रेफ्रिजेरेटर उपहार स्वरुप प्राप्त गर्नेछन् ।
कुजु नेपालले कुनै पनि ब्रान्डका पुराना मोटरसाइल तथा स्कुटरसँग याडिको नयाँ स्कुटर एक्सचेन्ज गर्न सकिने योजना समेत ल्याएको छ ।


