नेपाल आउँदै यूरोपियन ब्राण्डको सबैभन्दा सस्तो एसयूभी

काठमाडौं । यूरोपियन कार निर्माता कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको इन्ट्री लेभल एसयूभी नेपाल ल्याउने बाटो खुल्ला भएको छ । नेपाल सरकारले गाडी लगायतका समान आयातमा लगाएको प्रतिबन्ध फुकुवा गरेसँगै नयाँ गाडी आयातको बाटो खुल्ला भएको हो ।

फ्रेन्च कार निर्माताको लागि नेपालको आधिकारीक विक्रेता साँग्रिला मोटर्सले सब फोर मिटर एसयूभी आयात प्रतिबन्धको कारण नेपाल ल्याउन पाएको थिएन । अब पुस १ गतेपछि गाडी आयातको लागि एलसी खोल्न पाउने भएको हो ।

वेस भेरियन्टको मूल्य भारतमा ५ लाख ८८ हजार भारतीय रुपैयाँबाट सुरु हुने सीथ्री साइजमा निसान म्याग्नाइट, रेनो काइगर र अन्य प्रतिस्पर्धी सरह छ । तर, कम्पनीले यसलाई क्रसओभर डिजाइनमा तयार पारेको कारण ठ्याक्कै एसयूभी लुक्स भने पाउन सकिदैन । भारतमा सीथ्रीको मूल्य काइगर र म्याग्नाइटको तुलनमा केही हजार सस्तो छ ।

त्यसैले मूल्य हेर्दा नेपालमा सीथ्री सर्वाधिक सस्तो यूरोपीयन क्रसओभर एसयूभी बन्नेछ । कम्पनीले सीथ्रीलाई दुई इन्जिन अप्सनमा उपलब्ध गराएको छ । नेपाली बजारमा कुन इन्जिन र भेरियन्ट आउँछ अहिल्यै भन्न सकिदैन ।

सिट्रोनले आफ्नो सब फोर मिटर कारलाई १.२ लिटर नेचुरल्ली एस्पीरेडेड इन्जिन र १.२ लिटर टर्बो इन्जिनमा ल्याएको छ । टर्बो इन्जिनमा एउटा मात्रै ‘फिल ड्यूलटोन भाइब’ भेरियन्ट सार्वजनिक गरेको छ ।

सीथ्रीको इन्ट्री लेभल भेरियन्ट लाइभ हो । त्यसपछि ‘फिल’ भेरियन्ट हो । फिल भित्र भाइब, फिल ड्यूल टोन, फिल ड्यूलटोन भाइब भेरियन्ट उपलब्ध रहेको छ । यी भेरियन्ट मध्ये नेपाली बजारमा कुन कुन भेरियन्ट आउने छ, त्यो पनि अहिल्यै एकिन साथ भन्न सकिदैन ।

सिट्रोन सीथ्रीमा रहेको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिनले अधिकतम ८२ एचपी पावर र ११५ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी १.२ लिटर टर्बो इन्जिनले ११० एचपी पावर र १९० एनएम टर्क प्रदान गर्नेछ । नेचुरल इन्जिनमा ५ स्पीड र टर्बो इन्जिनमा ६ स्पीड गियरबक्स पाउन सकिन्छ ।

धेरै हदसम्म सिट्रोन सी फाइभबाट प्रेरित डिजाइन र फिचर यसमा पाउन सकिन्छ । स्प्लीट हेडल्याम्प क्लष्टर, हेग्जागोनल एयर इन्टेक, विभिन्न स्थानमा दिइएको कलर इन्सर्ट, कालो कलरमा बडी क्ल्याडिङ, विभिन्न ६ कलर अप्सन, भेरियन्ट अनुसार १५ इन्चको स्टील र अलोय ह्वील दिइएको छ ।

सीथ्रीको क्याविनमा १० इन्चको ठूलो इनफोटेन्टमेन्ट सिस्टम, अल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, म्यानुयल एसी, ४ वटा स्पीकर, यूएसबी चार्जिङ पोर्ट, दुई एयरब्याग, रिभर्स पार्किङ सेन्सर, सिट वेल्ट रिमाइन्डर जस्ता फिचर स्टायडर्ड रुपमा आउने छन् ।


Back_to_top