काठमाडौं । बाजजको पहिलो इलेक्ट्रीक स्कुटर नेपाल ल्याउने तयारी भइरहेको छ । हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले इलेक्ट्रीक स्कुटर चेतक नेपाल ल्याउने तयारी थालेको हो ।
कम्पनी स्रोतका अनुसार बजाज इन्डियाका प्रतिनिधिहरु नेपाल आएर इलेक्ट्रीक दुई पाङ्ग्रे साधनको बजार अध्ययन गरिरहेका छन् । उनिहरुको अध्ययन अन्तिम चरणमा पुगेकोले केहि दिन भित्रै नेपाली सडकमा परिक्षणको लागि चेतक नेपाल आउने कम्पनी स्रोतले बतायो ।
चल्तीका ब्राण्ड मध्ये टीभीएसले आइक्यूब इलेक्ट्रीक स्कुटरको नेपालमा परिक्षण चलिरहेको समयमा बजाजले पनि चेतक परिक्षण सुरु गर्न लागेको हो ।
यस्तो छ बजाज चेतक इलेक्ट्रीक
बजाजले चेतकमा ३.८ किलोवाटको इलेक्ट्रीक मोटर र ३ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिएको छ । यसको मतलव स्कुटरको पावर ५.१ पीएस र टर्क १६ एनएम रहेको छ ।
स्कुटरलाई सामान्य घरायसी विद्युतले फुलचार्ज गर्न ५ घन्टा लाग्ने छ । फुल चार्ज गरेपछि ८५ देखि ९० किलोमिटर गुडाउन सकिन्छ ।
चेतकमा राउन्ड हेडल्याम्पसँगै हर्ष सुज सेप एलइडी डिआरएलएस ल्याम्प दिएको छ । यसमा, एप्रोन माउन्टेड एलइडी साइड टर्न इन्डिकेटर लगाइएको छ भने, फक्स एयरभेन्ट जोडिएको छ ।
यसमा उपलब्ध राउन्ड सेपको फुल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरले चालकलाई स्कुटरको अवस्थाबारे सूचना दिने गर्छ । स्प्लीट स्टाइल एलइडी टेलल्याम्प र इन्स्ट्रुमेन्ट क्लस्टरमा ब्ल्युटुथ कनेक्टीभिटीको फिचर दिइएको छ । क्लष्टरमा नै फोन कल, म्यासेज नोटिफिकेशन, टर्न वाइ टर्न नेभिगेशन जस्ता फिचर पाउन सकिन्छ ।
बजाजले अन्य सबै मोटरसाइकल नेपालमा नै एसेम्बल गर्दै आएको छ । यस्तोमा कम्पनीले ल्याउने इलेक्ट्रीक स्कुटर नेपालमै एसेम्बल गर्छ वा गर्दैन भन्ने एकिन गरेको छैन ।
‘हामी अध्ययन गर्दैछौं । केही बेनिफिट देखिएको खण्डमा तत्काल यही एसेम्बल हुन्छ । अन्यथा हामी सुरुमा तयारी स्कुटर ल्याएर विक्री गर्छौ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

