काठमाडौं । जापानको ठूलो टेक्नोलोजी कम्पनी सोनी र अर्को ठूलो अटोमोवाइल कम्पनी होन्डाको संयुक्त लगानीमा ‘अफिला’ ब्राण्ड आउने भएको छ । यी दुई जाइन्टले तयार गर्ने इलेक्ट्रीक कार कुर्ने धेरै मनिस हुन सक्छन् ।
अमेरिकाको लस भेगासमा भएको कन्जुमर इलेक्ट्रोनीक शोमा जेभीको सीईओ यासुहिदे मिजुनोले सोनीको प्रेस कन्फ्रेन्समा उक्त ‘अफिला’ नाम घोषणा गरेका हुन् । कम्पनीको नयाँ ब्राण्ड नेमको घोषणासँगै प्रोटोटाइप भर्सन ‘भिजन एस’ कन्सेप्ट कार समेत देखाइएको थियो ।
अफिलाको बारेमा बोल्दै सीईओ मिजुनेले भने ‘अफिलाको बीचमा रहेको फिलले मोविलीटीको हार्ट जनाउँछ, जसले हामीले बनाउन चाहेको मोविलीटीको अनुभव गर्नु हो । यसको मतलव कार र चालक बीच एक अर्कालाई फिल तथा सेन्स गर्ने बनाउँछ ।’
यो कारमा सोनीको सेन्सरहरु तथा होन्डाको सेफ्टी भरपुर समिश्रण रहनेछ । कारको भित्र र वाहिर गरी ४५ वटा क्यामरा र सेन्सर जडान हुनेछन् । यसको इन्टेरियरमा जडान भएको सेन्सर तथा क्यामराले कार चालकको अवस्था सेन्स गर्ने छ । वाहिरी सेन्सर तथा क्यामराले सेफ्टीका साथै अटोनोमसलाई प्रभावकारी बनाउने छ ।

कारको इन्टेरियरमा सोनीको ‘वेस्ट इन क्लास इन्टरटेन्मेन्ट सिस्टम’ जडान हुनेछ जसमा सिनेमा र म्युजिकको भरपुर आनन्द पाउन सकिन्छ ।
यो कार सन् २०२६ मा मात्र रोल आउट भएर बजारमा आउने छ । तर, सन् २०२५ को अन्त्यबाट यसको बुकिङ खोल्ने योजना कम्पनीले बनाएको छ ।

