काठमाडौं । चाबहिल–जोरपाटी–साँखु सडकको दुरावस्थाको कारण सरकारले बिमस्टेक शिखर सम्मेलनमा भागलिन आएका राष्ट्र तथा सरकार प्रमुखहरुलाई गोकर्ण रिसार्टमा दिने भनिएको रिट्रिट रद्ध भएको छ । अब उक्त रिट्रिट शोल्टी होटलमा नै दिइनेछ ।
चाबहिलदेखि गोर्कण रिसोर्टसम्मको ५ किलोमिटर सडक बिस्तार गस्तार गर्न नसक्दा सम्मेलनमा सहभागि हुन आएका बिभिन्न देशका राष्ट्र प्रमुख र सरकार प्रमुखलाई एउटा राम्रो स्थलको भ्रमण गराउन सरकार चुकेको छ ।
गोकर्णमा रिट्रिट दिने भनेपछि भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठ आफैं सडक अनुगमनमा गएका थिए । उनले भदौ १२ सम्म सडक बन्ने दाबी पनि गरे ।
परराष्ट्र मन्त्रालयका अनुसार आज शुक्रबार विहान ८ः३० बजेदेखि १०ः१० बजेसम्म रिट्रिट कार्यक्रम रहेको छ ।

