काठमाडौं । होन्डा कार इन्डियाले आफ्नो पहिलो मिडसाइज एसयूभीको आधिकारिक टिजरको तस्वीरहरू सार्वजनिक गरेको छ । कम्पनीले ५ सिट क्षमताको नयाँ एसयूभीको टिजर बाहिर ल्याएको हो ।
यसमा १.५ लिटरको फोर सिलिन्डर आइ-भीटीइसी पेट्रोल इन्जिनमा म्यानुअल र अटोमेटिक ट्रान्समिसन अप्सनसहितको १.५ लिटर स्ट्रङ हाइब्रिड पेट्रोल इन्जिन रहेको छ । क्याबिनमा नयाँ इलेक्ट्रोनिक आर्किटेक्चरको साथमा फराकिलो टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, अल डिजिटल क्लस्टर तथा एडीएएस टेक्नोलोजी रहने अपेक्षा गरिएको छ ।
होन्डाको यो एसयूभी नोभेम्बर २०२२ मा विश्वव्यापी रूपमा अनावरण गरिएको नयाँ जेनेरेसनको डब्ल्यूआर–भीबाट निकै प्रभावित भएको देखिएको छ । यो अमेज कम्प्याक्ट सेडानमा भएको आर्किटेक्चरको परिमार्जित संस्करणमा आधारित हुने जनाइएको छ ।
टिजरमा देखिए अनुसार यसमा सीधा फ्रन्ट ग्रिलको साथमा बीचको भागमा होन्डा ब्याज रहेको छ । यसलाई एलईडी लाइटिङ युनिटद्वारा चम्किलो देखाइएको छ। स्पोर्टी लुक्स रहेको यसको फ्रन्ट बम्परमा भने एलईडी फग ल्याम्प राखिएको छ । त्यस्तै यसको बीचमा वाइड सेन्ट्रल एयर इन्टेक देख्न सकिन्छ ।

होन्डा मिडसाइज एसयूभीमा फ्रन्ट विन्डशिल्ड र मस्कुलर बोनट स्ट्रक्चर यसको भिजुअल हाइलाइट्सहरू हुन् । यसमा साइड क्यारेक्टर लाइनहरू, ब्ल्याक ह्वील आर्क क्लेडिङ र इन्टिग्रेटेड टर्न इन्डिकेटर्सको साथमा इलेक्ट्रिकल्ली कन्ट्रोल गर्न मिल्ने ओआरभीएम पनि देख्न सकिन्छ। यो मोनो र डुअल टोन कलर स्कीममा बिक्री हुने जनाइएको छ ।
यसले हुण्डाई क्रेटा, किया सेल्टोस, एमजी एस्टर, फक्सवागेन टाइगुन, स्कोडा कुशाक, मारुती सुजुकी ग्रान्ड भिटारा र टोयोटा हाइराइडरसँग प्रतिस्पर्धा गर्नेछ ।

