ह्यारीयर इलेक्ट्रीको चर्चा चुलिदै, रेन्ज ५०० किमि माथि

काठमाडौं । टाटा मोटर्स इन्डियाले अटो एक्स्पो २०२३ मा देखाएको ह्यारीयर इलेक्ट्रीक अहिले चर्चामा रहेको छ । ठूलो साइज, आकर्षक फिचर र स्टाइलिस डिजाइनको कारण टाटा ह्यारीयर ईभी अहिले चर्चामा आएको हो ।

टाटाले आफ्ना साना कार टियागो, टिगोर र सब फोर मिटर एसयूभी नेक्सनको इलेक्ट्रीक भर्सन ल्याएपछि ह्यारीयर मिड साइज एसयूभीको इलेक्ट्रीक भर्सन देखाएको हो । टाटा ह्यारीयर आफ्नो सेग्मेन्टमा निकै राम्रो संख्यामा विक्री हुँदै आएको एसयूभी भएकै कारण टाटाले यसको ईभी भर्सन ल्याउन लागेको अनुमान गर्न सकिन्छ । ह्यारीयरलाई नेपालमा भने टाटाले एच ५ नामबाट विक्री गर्दै आएको छ ।

सन् २०२४ बाट विक्री गर्ने योजना अनुसार टाटाले ह्यारीयरको ईभी कन्सेप्ट देखाएको हो । अहिले विक्री हुँदै आएको ह्यारीयरमा ईभी स्टाइलको ग्रिल प्रयोग गरेको ह्यारीयर अटो एक्स्पोमा निकै रुचाईएको कन्सेप्ट बनेको थियो ।

टाटाले आफ्नो सेकेन्ड जेनेरेशन ईभी आर्किटेक्चरमा निर्माण गर्न लागेको ह्यारीयर कम्बस्चनको तुलनामा नयाँ ग्रिलको साथ नयाँ डिजाइनको हेडल्याम्प, नयाँ स्कीड प्लेट, नयाँ एलइडी लाइट, एलइडी लाइटबार, विभिन्न स्थानमा ‘ह्यारीयर.ईभी’को ब्याच प्रदान गरेको छ ।

अल ह्वील ड्राइभ सिस्टममा आउने ह्यारीयरलाई कम्पनीले दुई ब्याट्री अप्सनमा ल्याउने अनुमान गरिएको छ । यसमा ६० देखि ८० किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री रहने छ । यसले सिंगल चार्जमा ५०० किलोमिटर माथि रेन्ज प्रदान गर्नेछ ।

एसयूभीको भित्र १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, रिडिजाइन गरिएको सेन्ट्रल कन्सोल, ड्यूल कलर लेदर सिट जस्ता फिचर यसमा उपलब्ध हुनेछन् ।


Back_to_top