पाँच वर्षको जरिवाना छुटमा मोटरसाइकलको कर तिर्ने अवसर (सूचनासहित)

काठमाडौं । ५ वर्षदेखि नतिरेको मोटरसाइकलको कर यहि फागुन मसान्तसम्ममा बुझाए ५ जरिवाना छुट हुने भएको छ। यातायात ब्यवस्था कार्यलयले एक सुचना जारी गर्दै छुट दिने जरिवाना छुट हुने जानकारी दिएको हो ।

विभागका अनुसार आर्थिक वर्ष २०७०/७१ देखि आर्थिक वर्ष २०७५/७६ सम्म कर तथा नवीकरण शुल्क नबुझाएका मोटरसाइकल तथा स्कुटर धनीले यही २०७९ फागुन मसान्तभित्र कर बुझाएमा जरिवाना छुट हुने भएको हो।

विभागले विगत आर्थिक वर्षहरुदेखि कर तिर्न बाँकी भएका मोटरसाइकल धनीहरुलाई कर तथा नवीकरण समयमै भुक्तानी गरेर लाभ लिन आग्रहसमेत गरेको छ। प्रयोग नभएका सवारी साधनहरु चालु आर्थिक वर्षसम्मको कर नवीकरण तथा जरिवाना रकम भुक्तानी गरी विधिवत् लागतकट्टा गर्न विभागले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

सवारी साधन कर नतिरेमा सरकारी बक्यौता सरह असुलउपर गरिने र त्यसका लागि सम्बन्धित निकायसँग सहकार्य गर्ने सुचनामा उल्लेख गरिएको छ । कुनैपनि बहानामा नविकरण शूल्क तथा जरिवानाबाट उन्मुक्ति नदिनेसमेत जनाएको छ ।


Back_to_top